वैज्ञानिकले पृथ्वीजस्तै अर्को ग्रह पत्ता लगाए, बसोबास गर्न सकिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ श्रावण २०७२, शनिबार ०९:४०

वासिङ्टन । नासाले आफ्नो खोजी अभियान अन्तर्गत पृथ्वीजस्तै एउटा नयाँ ग्रह फेला परेको दाबी गरेको छ । उक्त ग्रहमा बसोबास गर्न सकिने विश्वास वैज्ञानिकहरुले गरेका छन् ।

नयाँ ग्रहको नाम ‘क्याप्लर ४५२’ राखिएको छ । नासाका अनुसार यो ग्रह सौर्यमण्डल भित्रै छ । यसले सूर्यको परिक्रमा गर्न ३८५ दिन लगाउने वैज्ञानिकहरुको भनाई छ ।

यस ग्रहमा पृथ्वीको जस्तै चट्टानरहेको बताइन्छ । औसत तापक्रम रहेका कारण यसमा पानी र जीवनको सम्भावना पनि रहेको वैज्ञानिकहरुको भनाई छ ।

यो ग्रह पृथ्वीको तुलनामा ६० गुणा ठूलो छ । पृथ्वीजस्तै जीवन सम्भव हुने भएर नै वैज्ञानिकहरुले यसलाई ‘अर्थ २’ भनेका छन् । पृथ्वी बाहिर जीवनको खोजीमा रहेका वैज्ञानिकहरुले यसलाई ठूलो सफलताका रुपमा लिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर १३, २०८१