साउदी अरबमा भएको भलिबल प्रतियोगिता २०१५ भव्य रुपमा सम्पन्न

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार २०:११

11780657_1198596633500166_1151246539_nनमराज लामिछाने ।   साउदी अरब रियाद लांघाली स्पोर्टस् ग्रुपद्धारा ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व रमदान इदको अवसरमा आयोजित साउदी अरब स्तरीय अन्तर नेपाली खुल्ला भलिबल प्रतियोगिता २०१५ भव्य रुपमा सम्मपन्न भएको छ । दुई चरणमा संचालन गरिएको उक्त प्रतियोगिता नेपाली रास्ट्रिय गान बजाउदै सुरुवात गरिएको थियो । पहिलो औपचारीक कार्यक्रमको सभापतित्व यस स्पोर्टस् ग्रुपका अध्यक्ष श्री दिपक रेग्मी ज्यूले ले गर्नु भएको थियो भने नेपाली राजदूताबास बाट पाल्नु भएका नियोग उप प्रमुख श्री आनन्द प्रसाद शर्मा ज्यूको प्रमुख अतिथिमा कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समितिका महामन्त्रि श्री नमराज लामिछाने ज्यूले गर्नु भएको थियो । त्यसैगरि अतिथिहरुमा श्रम सहचारी श्री कृष्ण प्रसाद दवाडी लगाएत नेपाली राजदूताबास बाट पाल्नु भएका अन्य पदाधिकारी ज्यूहरु साथै साउदी अरबमा अवस्थित विविभन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थित रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य दिने क्रममा यस प्रतियोगिताका संयोजक श्री रुद्रकुमार कार्कि ज्यूले सम्पूर्ण खेल बारे जानकारी दिदै खेल जीवनकै अभिन्न अंग भएको र खेलले सबैलाई एकताको सुत्र बढ्ने र भाइचारा कायम गर्ने बताउनु भयो साथै प्रतियोगितामा सहभागी सम्पूर्ण संघसस्थाहरु खेलाडीहरु, दर्शकहरु, प्रायोजकहरु तथा अन्य सहयोगीहातहरु प्रति हार्दिक आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गर्नु भएको थियो । ईस्लाम धर्मालम्वीहरुको पवित्र पर्व रमदान इदको अवसरमा संचालित यो प्रतियोगितामा साउदी अरबका विभिन्न क्षेत्र तथा कम्पनिहरुमा कार्यरत नेपाली साथीहरु जस्ले खेल कलालाई निखार्दै नेपाली नेपाली विच तथा आ आफ्न कम्पनीमा रहेर खेल्दै आएका ३१ टिमको सहभागिता रहेको थियो । सबै खेलहरु नकआउट तथा टिटी सिस्टमबाट बाट खेलिएको थियो । दुई दिन लगाएर संचालित भलिबल प्रतियोगिताको लागि अल ओजाइमी कम्पनिका साथीहरुले मैदानको व्यवस्था गरेका थिए। खेलहरु निकै प्रतिस्पर्धात्मक तथा रोमान्चक रहेको थियो। प्रतियोगिताको सेमीफाइनलमा रियाद लांघालिलाई हराउदै नोफा रिर्सोट र साउदीया क्याटेरिङलाई लाई हराउदै अल खालदिया र्फाम पुगेका थिए। फाइनलमा नोफा रिर्सोटलाई हराउदै उपाधि कब्जा गरेको अल खालदिया र्फामले सिल, मेडल तथा नगद २००१ साउदी रियाल सहिद प्रमाणपत्र प्राप्त गरेको थियो । त्यसै गरि दोस्रो भएको नोफा रिर्सोटले सिल, मेडल तथा नगद १००१ साउदी रियाल सहिद प्रमाणपत्र र तेस्रो भएको साउदीया क्याटेरिङले नगद ५०१ साउदी रियाल तथा प्रमाण पत्र प्राप्त गरेका थियो । अन्तमा कार्यक्रमलाई विर्सजन गर्दै कार्यक्रमा सभापति श्री दिपक रेग्मी ज्यूले यस प्रतियोगिताबाट नाफा हुन आएको रकम नेपालको भूकम्प ग्रसीत जिल्लाका गरीब तथा असाय बालबालिका को शिक्षामा खर्च गरिने बताउनु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१