भारतका राष्ट्रपतिसँग देउवाले गरे भेट, उठाएनन् लिपुलेकको कुरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार १७:३५

sherकाठमाडौं, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गरे । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा नेता देउवाले भारतका राष्ट्रपति मुखर्जीसँग शिष्टाचार भेट गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजनीतिक मिनिस्टर काउन्सिलर तीर्थ वाग्लेले जानकारी दिए । भेटवार्तामा उनले सकेसम्म आम सहमतिमा नभए अधिकतम सहमतिमा भए पनि छिटो संविधान जारी गरी नेपाल समृद्धिको बाटोमा अघि बढोस् भन्ने कामना गरेका थिए ।

भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिका बारेमा समेत छलफल भएको थियो । भेटमा नेता देउवाले भूकम्पपछि भारतले नेपाललाई गरेको सहयोगको सराहना गरेका थिए । यसअघि नेता देउवाले बिहीबार भारतीय विदेश मन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गरेका थिए । भारत सरकारको निमन्त्रणामा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँ दिल्ली प्रस्थान गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१