महोत्तरी, १५ साउन । एक युवतीलाई विवाह गर्छु भन्दै यौन शोषण गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी फूलहठ्ठा पर्कौली ८ घर भएका १९ बर्षका रोहबर अन्सारीलाई प्रहरीले शुक्रबार घरैबाट पक्राउ गरेको हो । अन्सारीले विवाह गर्ने प्रलोभन देखाउँदै गाउँकै १८ बर्षिया एक युवतीलाई तीन महिना अघि बतात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि फरार भएका अन्सारीलाई घर आएको मौकामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया