काठमाडौं, १५ साउन । नेपाल वायुसेवा निगमले टिकट खरीदमा दिँदै आएको छुट बढाएको छ । निगमले यसअघि गत मे १६ बाट बैंककका लागि यस्तो छुट दिँदै आएकोमा अब त्यसलाई मलेशियामा पनि विस्तार गरिएको छ । निगमले भदौ १४ गतेसम्मका लागि यस्तो योजना अगाडि सारेको छ । निगमको छुट योजना अनुसार काठमाडौं-बैंकक-काठमाडौं तथा काठमाडौं-क्वालालाम्पुर-काठमाडौंका लागि दुईवटा दुईतर्फी हवाई टिकट किन्ने ग्राहकले एउटा टिकट सित्तैमा प्राप्त गर्नेछन् ।
निगमले यसअघि गत मे १६ बाट बैंककका लागि दुईतर्फी टिकट लिदा एउटा टिकट निशुल्क दिदै आएकोमा अब मलेशियामा विस्तार गरिएको निगमले जनाएको छ । नयाँ योजना अनुसार काठमाडौं–बैंककैं–काठमाडौं तथा काठमाडौं–क्वालालाम्पुर–काठमाडौंका रहेका छन् । दुईतर्फी हवाई टिकट किन्ने ग्राहकले एउटा टिकट निशुल्क प्राप्त गर्नेछन् । निगमले भदौ १४ गतेसम्मका लागि यस्तो योजना अगाडि सारेको हो । निगमका प्रवक्ता रामहरि शर्माले पर्यटकलाई आकर्षित गर्न योजना अगाडि सारिएको जानकारी दिए । उनले अहिले खाडिमुलकुमा रोजगारको लागि नेपाली युवा जाने क्रम रोकिए पछि हवाय यातायात प्रभावित भएको बताउँदै नयाँ योजना अघि सारिएको जानकारि दिए ।
निगमका प्रवक्ता रामहरि शर्माले पर्यटकलाई आकर्षित गर्न योजना अगाडि सारिएको जानकारी दिए । उनले यात्रुको संख्या बढे योजना थप विस्तार गर्न सकिने पनि बताए । म्यानपावर व्यवसायीको आन्दोलनका कारण खाडी मुलुक तथा मलेशिया उडानमा यात्रुको संख्या कम भएकाले त्यसलाई बढाउन पनि यसले सहयोग गर्ने निगमको विश्वास छ ।
प्रतिक्रिया