तनहुँ, १५ साउन । तनहुँमा यो वर्ष मह उत्पादन वृद्धि भएको छ । मौरीपालन तर्फ कृषकहरु आकर्षित हुन थालेपछि जिल्लामा मह उत्पादनमा वृद्धि आएको हो । आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा १३.२ मेट्रिक टन मह उत्पादन भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ । यो उत्पादन गत वर्षको भन्दा २२ प्रतिशतले बढि हो । उत्पादित मह विक्रीबाट जिल्लाका कृषकले ६० लाख भन्दा बढि आम्दानी लिन सफल भएका छन् । छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाका कृषकहरु मौरीपालन तर्फ आकर्षित हुन थालेको कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए । घरमै बसी–बसी मौरीपालनबाट मनग्य आम्दानी हुने भएपछि मौरीपालन गर्ने कृषकको संख्या बढ्दै गएको उनले जानकारी दिए ।
प्रतिक्रिया