माया प्रमाणित गर्न नाङ्गो भएपछि…..

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ११:५६

जापानी विश्वविद्यालयका ५५ वर्षीय एक शिक्षकले मायाँ गरेकी २१ वर्षीया छात्रालाई आफ्नो मायाँ प्रमाणित गर्न क्याम्पसमा आफैँलाई नाङ्गो पारेको रहस्य खुलेको छ । शिक्षकको त्यस्तो हर्कत विपरित ती छात्राले उक्त शिक्षकको लुगा बोकेर भागेकी थिइन्। टोकियोको ताइसो विश्वविद्यालयमा ती पाका शिक्षकले कम्प्युटर विज्ञान पढाउँथे र उनले आफ्नी मायाँलुको अनुरोध स्वीकार गर्दा सार्वजनिक रूपमा आफूलाई नाङ्गो पार्नुपरेको देखिएको छ। नाम नदिइएका यी शिक्षकले अधिकारीहरूलाई आफ्ना महिलामित्रले आफूलाई उनलाई विश्वास दिलाउन आफ्नो लुगा त्यसै समयमा त्यहीँ फुकाल्न भनेकी जानकारी दिए।

campयसपछि ती शिक्षकले आफू भरपर्दो पुरुष भएको कुरा प्रमाणित गर्न लुगा फुकालेका थिए भने उनकी महिला मित्रले त्यसै समयमा उनको लुगा लिएर भागेकी थिइन्। यी शिक्षकले आफ्ना अन्य विद्यार्थीहरूलाई आफूले गरेको कामका लागि माफी माग्दै आफ्नो मायाँको रक्षा गर्न आफूले त्यस्तो काम गरेको र त्यस्तो अवस्था आएको बताए। ती शिक्षकले आफ्नी महिलामित्रमा आफूप्रति असुरक्षाको भावना हटाउन त्यस्तो काम गरेको तर त्यस्तो काम लापरवाह भएको स्वीकार गरे। क्याम्पसले यी शिक्षकले आफूले राजिनामा दिने मनसाय बनाएको जानकारी दिएको एक विज्ञप्तिमा उल्लेख गरेको छ। यी विद्यार्थीलाई पछि फेला पारिएको र उनले ती शिक्षकको लुगा फकाईदिएको स्थानीय आमसञ्चारले जानकारी दिएका छन्। पछि उक्त जोडी सँगै घर फर्केको बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१