रुपन्देही, १५ साउन । रुपन्देहीबासीहरुले घरबाटै बिद्युत महशुल भुक्तानी गर्न सक्ने भएका छन् । उपभोक्ताहरुले आफ्नो मोबाईल अथवा आफुलाइ पायक पर्ने नजिकको साइबर(कम्युनिकेशन, स्टेशनरी, किराना पसल तथा अन्य पसलहरुबाट समेत बिद्युत महशुल भुक्तानी गर्न सक्ने जारी गरेको प्रेस विज्ञप्तीमा बताइएको छ । बिद्युत महशुल भुक्तानीको सेवा दिएको इसेवाले रुपन्देहीमा पनि यो सेवा सुरु गरेको हो उपभोक्ताहरू अब बिद्युत् काउण्टरसम्म महशुल भुक्तानीकै लागि पुग्न नपर्ने तथा घण्टौँ लाइन बस्नुपर्ने बाध्यताबाट मुक्त हुने बताइएको छ । यसबाट उनीहरुको समय र खर्च दुबैको बचत हुने इसेवाको भनाइ छ । यसअघि राजधानी काठमाडौमा अनलाइनबाट बिद्युत महशुल भुक्तानीको सेवा दिएको इसेवाले हाल रुपन्देही जिल्लास्थित् बुटवल काउण्टर, मुर्गिया काउण्टर र खैरेनी काउण्टरमा यो सेवा सुरु गरेको छ ।
प्रतिक्रिया