हिन्द महासागरमा भेटियो जहाजको अवशेष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ११:३६

hinduहिन्द महासागरको रियुनियन टापुमा फेला परेको जहाजको अवशेष १७ महिनादेखि हराइरहेको मलेसियन एयरलाइन्सको विमानको हुनसक्ने भन्दै परीक्षण हुने भएको छ । फ्रान्समा पर्ने टापुमा फेला परेको विमानको अवशेषको परीक्षण गर्न मलेसियाले रियुनियन टापुमा टोली पठाएको बिबिसीले जनाएको छ । मदागास्करबाट झण्डै ६ सय किलोमिटर पूर्वको टापुमा बुधबार झण्डै २ मिटर लामो विमानको अवशेष फेला परेको थियो । २ सय ३९ यात्रु र चालकदल रहेको एम एच ३७० विमान गत वर्षको मार्चमा हराएको थियो । विमानको व्यापक खोजी भएपनि अहिलेसम्म फेला पर्न सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१