फेशनको विषयमा चिन्तित नहुने केटी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार १०:५९

ktअमेरिकिन गायिका केटी पेरी आफ्नो फेशन र स्टाइलको विषयलाई लिएर चिन्तित हुने नगरेको बताएकी छिन् । र उनलाई ड्रेसको विषयमा पनि कुनै चिन्ता नरहेको बताउछिन् । उनी भन्छिन् -‘म फेशन र स्टाइललाई एउटा रमाइलो तरिकाले लिने गरेको छु र मलाई यो विषयले अहिलेसम्म चिन्तित बनाएको छैंन ।’ हलिउड एक बेबसाइटका अनुसार केटीले भनेकी छिन् -‘जब मान्छे मेरो ड्रेसको विषयलाई लिएर धेरै आलोचना गर्छन तब म उनीहरुको कुनै पनि कुरामा वास्ता दिदिन् किनकी म हर-काम आफ्नो रोजाइले गर्ने गर्छु ।’ उनले अगाडी भनिन् -‘म हरेक चोटी बेस्ट ड्रेसेस छानेर ड्रेस लगाउदिन, म आफुलाई जे ठिक लाग्छ त्यहि लगाउने गर्छु । म रमाइलोको लागि पनि बेला बेलामा फरक फरक खाल्का कपडाहरु लगाउने गर्दछु । म अरु भन्दा अलि फरक देखिन चाहन्छु । र यो मलाई निकै मन पर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१