लुम्लेमा गएको पहिरोमा परि मृत्यू हुनेको संख्या ३० पुग्यो, अझै केहि बेपत्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार १०:१४

कास्की, १५ साउन । गए राति परेको अबिरल वर्षा पछिको पहिरोले कास्कीका भदौरेतामागी र लुम्ले गाविसमा आएको पहिरोमा परि मृत्यू हुनेको संख्या ३० पुगेको छ । प्रहरीले दिएको जानकारी अनुसार पहिरोले लुम्लेमा २३, भदौरे तामागीमा पाँच र ढिकुरपोखरीमा दुई जनाको मृत्यु भएको हो । त्यस्तै पहिरोमा परेर लुम्लेमा ३ जना, भदौरे तामागीमा १४ जना र ढिकुरपोखरीमा १ जना घाइते भएका छन् भने लुम्लेमा १२ र भदौरेमा ३ गरी १५ जना अझै बेपत्ता छन् । बेपत्ताको शुक्रबार बिहानैबाट खोजी सुरु भएको प्रहरीले जनाएको छ । गएराति थप पाँच जनाको शव भेटिएपछि मृतकको संख्या लुम्लेमा मात्रै २३ पुगेको हो । लुम्ले-६ की २७ बषिर्या पार्वती देवकोटा, उनका १० बषिर्य छोरा सविन देवकोटा, ९ बर्षीया सविता पौडेल र ५५ बर्षकी लक्ष्मी देवकोटाको शव बिहीबार बेलुका भेटिएको हो । एक जनाको भने सनाखत हुन बाँकी छ ।

jajarkot-pahiroभीषण वर्षापछि आएको पहिरोले घर पुरिँदा उनीहरुको मृत्यु भएको हो। मध्यरातमा आएको पहिरोले घर बगाएको छ। लुम्लेमा मृत्यु हुनेमा ६ पुरुष र ५ महिला छन्। वेपत्ताको खोजि भइरहेको छ। पोखरा–बागलुङ राजमार्गसँग जोडिएको लुम्ले जाने मार्ग समेत पहिरोले अवरुद्ध हुँदा समस्या भएको छ। लुम्लेको पहिरोमा इन्द्रप्रसाद देवकोटा र उनकी श्रीमती, गुरुदत्त देवकोटा र उनकी श्रीमती, देउताराम देवकोटा परिवारका चार जना, लक्ष्मण देवकोटाका श्रीमती र छोरा वेपत्ता छन् । आईबहादुर गुरुङको घरमा बसेका छिरिङ राईको पाँच जनाको परिवार पहिरोमा परेकोमा तीन जनाको शव फेला परेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१