पहिरोमा परेर मृत्यु हुनेको संख्या २३ पुग्यो, मृत्यु हुने अधिकांस बालबालिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ श्रावण २०७२, शुक्रबार ०६:२४

Kaski ko pahiro ma

काठमाडौं,१५ साउन ।  अविरल वर्षासँगै आज आएको पहिरोले कास्की, बाग्लुङ र म्याग्दी जिल्लाका छुट्टाछुट्टै स्थानमा परेर २३ जनाको मृत्यु भएको छ । प्रहरीले पहिरो गएको स्थानबाट २३ जनाको शव फेला परेको जनाएको छ ।

पहिरोमा परेर १७ जना घाइते भएको अवस्थामा फेला पारिएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पहिरोमा परेर लुम्ले–६ मा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० वर्षीय अर्जुन गुरुङ, १० वर्षीया सविता पौडेल, ८४ वर्षीय वसन्ती वि.क., ३२ वर्षीया चिजा वि.क., १४ वर्षीया सम्झना वि.क., १० वर्षीया सलिना वि.क., ९ वर्षीय सुनिल वि.क., २६ वर्षीय मञ्जु सुनार, नाम खुल्न नसकेको उनको ३ महिनाको छोरीको मृत्यु भएको छ ।

त्यसै गरी, पहिरोमा ३२ वर्षीय सुनकुमारी जि.सी., १० वर्षीय सुगम जिसी, ५ वर्षीय संगम जिसी, ५६ वर्षीय छिरिङ राई, उनको नाम, खुल्न नसकेको श्रीमती रहेका छन् । एकजनाको सनाखत हुन सकेको छैन ।

घाइते लुम्ले–६ बस्ने २० वर्षीया रीता देवकोटा, ८ महिनाको  बालक नितेश देवकोटा र १८ वर्षीया जुना सुनारलाई उपचारको लागि मणिपाल अस्पतालमा लगिएको छ ।

यसैगरी भदौरे तामागी–५ डुडाफाँटमा गएको पहिरोमा परेर ६५ वर्षीय टीकाराम वि.क., ५५ वर्षीया रामकुमारी वि.क., ३१ वर्षीया गौरी पराजुली, ७ वर्षीय करण पराजुली र ६५ वर्षीया नन्दकली पराजुलीको मृत्यु भएको  छ ।

पहिरोमा २७ वर्षीया शान्ति पराजुली, २८ वर्षीया विमला वि.क., ६ वर्षीया सविना पराजुली, २९ वर्षीय विनोद वि.क., ८ वर्षीया नम्रता पराजुली, ३० वर्षीया नीरु पराजुली, ५० वर्षीया अञ्जनी पराजुली, ६२ वर्षीया तुलसी पराजुली, ६ वर्षीया खुशी वि.क., २८ वर्षीय कमल सुनार, २० वर्षीय अन्तिम सुनार, २१ वर्षीया सुस्मा सुनार, ३ वर्षीया सोनाम सुनार र ३२ वर्षीया माया पराजुली घाइते भएका छन् ।

घाइतेहरूको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भई रहेको छ ।

पहिरोबाट भएको क्षतिको एकिन विवरण खुल्न सकेको छैन । उक्त स्थानहरूमा सुरक्षाकर्मीले उद्धार कार्य गरीरहेका छन् ।

यसैगरी बाग्लुङ राय डाँडा–९ आप्रेमा आज (बिहीबार) बिहान वर्षासँगै आएको पहिरोले एउटा घर बगाएको छ ।

साथै पहिरोले १ घर पुरिँदा ८३ वर्षीय कर्णधर थापाको मृत्यु भएको छ । उक्त स्थानमा चौकी कुस्मिशेराबाट प्रहरी टोली खटिइ उद्धार कार्य गरीरहेको छ ।

यसैगरी म्याग्दी मुना–४ मा पहिरोमा परेर मेलिना पुन र सनाखत हुन नसकेका अर्का एक जना गरी २ जनाको मृत्यु भएको छ । उक्त स्थानमा पनि प्रहरीले उद्धार कार्य गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१