काठमाडौँ,१४ साउन । रक्षा नेपालले अब बन्ने संविधानमा हाडनाता करणी, जर्वजस्ति सामुहिक करणी, नावालिकमाथिको करणी र अपांगता भएका व्यक्तिहरु माथिको करणीमा बलत्कारीलाई मृत्यूदण्डको सजाय माग गरेको छ । पितृसत्ता रहेसम्म राजसत्ता कायमैः संविधान मस्यौदामा रक्षा नेपालको सुझाब’ पुस्तक प्रकाशित गर्दै संस्थाले यस्तो व्यवस्थाको माग गरेको हो । बिहीबार सार्वजनिक गरिएको पुस्तकमा बलात्कारीलाई मृत्युदण्ड हुनु पर्ने, त्यसैगरी भाग २, नागरिकता सम्बन्धी व्यवस्थाको धारा १२ (क) मा आमा र बाबु को सट्टा आमा वा बाबु राख्ने । त्यस्त यौनिक अल्पसंख्यक र बाध्यात्मक यौन व्यवसायमा संलग्नहरुको हक व्यवस्था नभएका कारण छुट्टै धाराको व्यवस्था गरी यौनिक अल्पसंख्यक र बाध्यात्मक देह व्यापारमा संलग्नहरुको हकको व्यवस्था थप गरी निम्नानुसार गर्ने यौनिक अल्पसंख्यक तथा बाध्यात्मक यौन व्यवसायमा संलग्न हुनेहरुका समेत अन्य नागरिक सरह हक सुरक्षित हुने छ । भन्ने व्यवस्था गर्न माग गरिएको छ ।
आन्तरिक बेचबिखन, बाध्यात्मक देहव्यापार र यौनजन्य हिंसालाई अन्त्यगर्ने उद्देश्य सहित २०६० सालमा स्थापित संस्था रक्षा नेपालले संविधानमा यौनजन्य हिंसा, बलात्कार एवं बाध्यात्मक देहव्यापारमा धकेलिएकाहरुको मानसिक, शारीरिक, आर्थिक र सामाजिक सुरक्षार्थ नयाँ संविधानमा सबैको अपनत्व होस भन्ने माग गरेको छ ।
अब बन्ने नयाँ संविधानमा सबैको अपनत्व कायम होस् भन्ने उद्देश्यले यो सुझाव पुस्तिका तयार गरी संविधान सभामा बुझाएको संस्थाकी अध्यक्ष मेनुका थापाले जानकारी दिइन् ।
सस्थाले हालसम्म यौनजन्य हिंसा पीडित ४७५ जनाबालबालिका, एक हजार ६२३ जना महिलाहरुलाई उद्धार, सरक्षण र पुनस्र्थापना गरिसकेको छ । आफूहरु महिला विरुद्धका सब प्रकारका विभेदको अन्त्य र बलात्कारीलाई मृत्युदण्डको व्यवस्था नभएसम्म संघर्ष गर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया