यसरी जोगाउन सकिन्छ गर्मीमा ल्यापटप !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १२:२६

गर्मीको मौसम आउँदै छ र गर्मीसँगै तपाईंले प्रयोग गर्ने ल्यापटप पनि तातिने समस्या पनि आउने छ । कहिलेकाहीँ बढी तातेको कारणले ल्यापटप र मोबाइल पड्कने खतरा पनि हुने गर्छ । त्यही भएर गर्मीमा यस्ता विद्युतिय सामाग्रीहरु प्रयोग गर्दा निकै ध्यान दिनुपर्छ । गर्मीमा यस्ता ग्याजेटको भित्री सामग्री पनि बिग्रने उत्तिकै खतरा हुने गर्छ । यहाँ गर्मीमा कसरी आफ्नो ल्यापटपलाई जोगाउन सकिन्छ भनेर उपायहरु दिइएको छ ।

laptop१. ल्यापटप कुलिङ्ग प्याड
ल्यापटपलाई गर्मीमा बचाउनका लागि भित्री फ्यानको साथै युएसबी कुलिङ्ग प्याड पनि पाइन्छ । यस कुलिङ्ग प्याडलाई युएसबीमा जोडेर चलाउन सकिन्छ । यसलाई ल्यापटपमा काम गर्दा ल्यापटपको तल राखिन्छ । यसमा भएको अतिरिक्त फ्यानले ल्यापटपलाई हत्तपत्त तातिन दिँदैन । यद्यपि यसले ल्यापटपको ब्याट्रि भने धेरै खान्छ ।

२. ल्यापटपलाई घाममा नराख्नुहोस्
कयौं पटक प्रयोगकर्ताहरु ल्यापटपलाई घाममा राखेर काम गर्दछन् र खाली समय ल्यापटपलाई त्यहीँ घाममा छाडेर जान्छन् । कोठाभित्र बस्दा पनि झ्यालको छेउमा राखेको ल्यापटपमा सिधै घामको प्रकाश पर्न जान्छ । यसरी लामो समयसम्म ल्यापटपलाई घाममा राख्दा यसको मदरबोर्ड र चार्जिङ्ग स्लटमा समस्या आउन सक्छ । त्यही भएर ल्यापटप छाडेर जाँदा सिधै घामको प्रकाश नपर्ने ठाउँमा त्यसलाई छाड्न उपयुक्त हुन्छ ।

३. ल्यापटपलाई काखमा नराखने
ल्यापटपलाई आफ्नो काखमा राखेर काम गर्नका लागि नै बनाइएको भए पनि गर्मीमा यसलाई काखमा राखेर काम गर्दा यो धेरै तातिने गर्छ । प्रयोगकर्ताको कपडा र पसिनाले गर्दा ल्यापटपमा ह्युमिडिटी बढ्छ र यसले ल्यापटपको ब्याट्रि लेभलमा असर गर्न सक्छ । त्यही भएर लामो समयसम्म काम गर्ने हो भने ल्यापटपलाई काख वा म्याटमा भन्दा टेबलमा राख्नु राम्रो हुन्छ । बेलाबेला काम गर्ने स्थान फेर्न सके झन् राम्रो हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१