एसीसी यु-१९ प्रिमियर लिगका लागि नेपालबाट १४ खेलाडी छनोट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १२:१२

canमलेसियामा हुने एसीसी यु-१९ प्रिमियर लिगका लागि क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले १४ खेलाडी छनोट गरेको छ। आगामी साउन २९ देखि भदौ १८ सम्म हुने प्रतियोगितामा यु-१९ नेपाली टोलीको नेतृत्व राजु रिजालले गर्नेछन्। टोलिमा रिजाल सँगै आरिफ शेख, आशिश धामी, शंकर राना, प्रेम तामाङ, सौरभ खनाल, सन्दिप सुनार, योगेन्द्र कार्की, सुशील कँडेल, सुनिल धमला, दिपेश श्रेष्ठ, दिपेन्द्र ऐरी, ललित नारायण राजवंशी र राजविर सिंह छनोट भएका छन्। इर्शद अहमद, हिमांशु दत्त, कमल ऐरी र कुसल भूर्तेल वैकल्पिक खेलाडीका रुपमा टोलीमा परेका छन्। हिमांशु दत्त कमल ऐरी र ललित नारायण राजवंशी बाहेक अरु सबै पुरानै खेलाडीहरुलाई समावेश गरी टोली घोषणा गरिएको हो। प्रतियोगीतामा नेपालसँगै आयोजक मलेसिया, कुवेत, अफगानिस्तान, साउदी अरब र युएइ सहभागी हुनेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१