नवलपरासी, १४ साउन । बुधबार बिहानको खाना खाँदा खाँदै नवलपरासीको कावासोतीमा दुई जनाको कोखा दुखेर ज्यान गएको छ ।खाना खाने क्रममा कोखा दुखेर उपचारका लागि भरतपुर लैजांदै गर्दा उनीहरुको जयान गएको हो । मृत्युहुनेमा नवलपरासीको कावासोती ९ रामनगर निवासी ४१ बर्षीय यमराज महतो र श्रीमती ३० बर्षीया धनिया महतोको ज्यान गएको हो । बिहान सागको तरकारी र खाना खाँदा खाँदै कोखा दुख्यो भन्दै एक्कासी छटपट्टिएपछि उपचारका लागि लैजांदै गर्दा उनीहरुको बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक हरि बरुवालले बताउनुभयो । खानामा कुनै विषादी पदार्थ मिसिएको आशंकामा उनीहरुले खाएको खाना जाँच गर्नका लागि पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया