जन्मदिनमा याकुब मेमनलार्इ फाँसी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार ११:५५

facएजेन्सी । मुम्बर्इमा सन् १९९३ मा बम हमला गरेको आरोपमा काठमाडौंबाट पक्राउ याकुब मेमनलार्इ भारतमा फाँसी दिइएको छ । भारतीय उच्च अदालतको फैसलालार्इ कार्यान्यवन गर्दै याकुबलार्इ बिहीबार बिहान ५ बजेर ४ मिनेटमा नागपुरको जेलमा फाँसीमा झुन्डाइएको हो । मुम्बई हमलामा दोषी ठहर्‍याइएका याकुब मेननको आज ५४ औं जन्म दिन पनि हो । मृत्युदण्डको याचिका खारेज भए पनि उनको परिवारले सहजै मारिएका याकुबको शव पाउने छैनन्। प्रहरी उनको शव परिवारलाई हस्तान्तरण गर्न तयार छ तर यसका लागि उनका परिवारले केही शर्तहरु पालन गर्नुपर्ने छ। विशेषगरी मेननको परिवारले उनको अन्त्यस्टिलाई ुभब्यु बनाउन पाउने छैन। साथै प्रहरीले उनको मृत्युदण्डले हुनसक्ने क्षति न्युनिकरण गर्न कडा व्यवस्था अपनाएको छ। याकुबको घरमा पनि प्रहरीको सुरक्षाघेरा बढाइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१