भाले त्यतिकै बास्दैंनन्, वैज्ञानिकहरु भन्छन् -‘भाले पनि नियम अनुसार बास्छ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार ११:१६

जापानका जीव वैज्ञानिकले भालेहरुले एउटा मर्यादाक्रम पालना गरेर बिहान सबेरै बास्ने कुरा पत्ता लगाएका छन् । कडा नियम पालना गर्दै दिन सुरु भएको सूचना दिन सबैभन्दा पहिला बलियो भाले बास्ने र त्यसपछि क्रम मिलाएर अरु भालेहरु बास्ने कुरा जापानको नागोया युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएका हुन् । सिन्धुघाँटीको सभ्यतादेखि नै ‘कुखुरी काँ’ लाई बिहान सुरु भएको संकेतको रुपमा हेरिदै आइएको छ । तर भालेहरु पालैपालो किन बास्दछने भन्ने कुरा भने रहस्यमा रहेको थियो ।

valeयो नयाँ अनुसन्धानले किन भालेहरु पालैपालो ‘कुखुरी काँ’ गरेर दिन सुरु भएको जानकारी दिन्छन् भन्ने प्रश्नको उत्तर दिएको छ । वैज्ञानिकहरुले पहिलो ‘कुखुरी काँ’को अवधि फरक भनेतापनि त्यसपछिका ‘कुखुरी काँ’ को अवधिमा एकरुपता हुने कुरा पनि पत्ता लगाएको खबर डेली मेलमा छ । नयाँ अनुसन्धानले भनेको छ, ‘मुख्य भाले पहिला बासे पछि नजिकै रहेका अन्य भालेहरु मर्यादाक्रम अनुसार बास्दछन् ।’ यदि मुख्य भाले नभएमा मर्यादाक्रममा दोश्रो स्थानमा रहेको भालेले सुरुमा बास्ने गरेको अनुसन्धानमा बताइएको छ । भालेको यस्तो व्यवहार उनीहरुको शरीरमा भएको आन्तरिक घडी (सिर्काडियन घडी)ले निर्धारण गर्ने कुरा पनि उक्त अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१