करोड भन्दा बढीको अलैंचीको विरुवा विक्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार ११:०८

इलाम, १४ साउन । यो बर्ष इलाम जिल्लाबाट मात्र एक करोड भन्दा बढीको अलैंचीको विरुवा विक्री भएको छ । अलैची विकास केन्द्र पान्दाम, कृषि विकास कार्यालय इलाम र किसान समूहले उत्पादन गरेका २० लाख बढी अलैंचीको विरुवा मुलुकभर विक्री गरिएको छ । जिर्मले १ का कृषक याम अधिकारीले जिर्मले जातको पाँच लाख ६३ हजारवटा विरुवा विक्री गरेका थिए । अधिकारीले आफ्नो अधिकारी नर्सरी फार्म स्थापना गरेर विगत ६ बर्षद्येखि अलैचीको विरुवा क्रिी गर्दै आईरहेका छन् ।

aalaichi हालसम्म ५ लाख ७३ हजार विरुवा विक्री भइसकेको अधिकारी बताउँछन् । अझै माग आईरहेकोले माग अनुरुप विरुवा उत्पादन धान्न गाह्रो भएको उनको भनाई छ । यो बर्ष मात्र अधिकारीले २८ लाख भन्दा बढीको विरुवा विक्री गरिसकेको जनाएका छन् । जिर्मले ३ कै बेदप्रसाद राईले १ लाख वटा विरुवा उत्पादन गरेर विक्री गरिसकेका छन् । त्यस्तै वाईवा अलैची नर्सरी फार्म स्थापना गरेर सोही ठाउँका भोलानाथ वाईवाले १ लाख ५० हजार विरुवा विक्री गरेका छन् भने विजु तथा डाठ दुवै खालको विरुवा इलामबाट निर्यात समेत भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१