रानी होइन ऐश्वर्या हुन् मेरो साथी : प्रिटी जिन्टा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १०:४४

preetiअभिषेक बच्चन, सलमान खान, अजय देवगण, शाहिद कपूर लगायतका केहि कलाकारहरु बलिउड नायिका प्रिटी जिन्टाका निकै आत्मिक साथी हुन् । नायिका प्रिटी जिन्टा केहि महत्वपुर्ण निर्णय गर्नु परे यि आत्मिय साथीहरुसँग छलफल गरेपछि मात्र निर्णयमा पुग्ने गरेकी छिन् । नायिका प्रिटी जिन्टाका अभिनेत्री साथीहरु भने कमै छन् । चलचित्र हर दिल जो प्यार करेगामा एकअर्काको साथी बनेका प्रिटी र रानी मुखर्जी वास्तविक रुपमा पनि निकै मिल्ने साथी रहेको भन्ने खबर बाहिर आएको थियो । तर प्रिटीले रानी मुखर्जी आफ्नो साथी रहेको तर मिल्ने साथी भने नरहेको बताएकी छिन् । उनले भनेकी छिन् -‘रानी मुखर्जी र मेरो सम्बन्ध सधै प्रोफेशनल रहेको छ । तर मेरो चलचित्रक्षेत्रमा एक मात्र मिल्ने अभिनेत्री छिन् उनी हुन् ऐश्वर्या राय बच्चन ।’ ‘अभिषेक र ऐश्वर्यासँगको सम्बन्ध निकै लामो समय देखीको हो’ उनले अगाडी भनिन्, ‘हामी एकअर्कालाई आत्मिक साथी मान्छौं ।’ पछिल्लो समय टिभि शोमा बढि मात्रामा देखिदैं गएकी नायिका प्रिटी कुनै समय बलिउड चलचित्रमा एकछत्र राज गरेकी अभिनेत्रीको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया