नेपाल स्कटल्यान्डसँग ३ रनले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १०:२२

nepal criआईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा बुधबार नेपाल स्कटल्यान्डसँग ३ रनले पराजित भएको छ । स्कटल्यान्डले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५ विकेटको क्षतिमा २३२ रन मात्र जोड्न सक्यो । वर्षाका कारण ५० ओभरको खेल छोट्याएर ३६ ओभरमा झारिएको खेलमा स्कटल्याण्डले ७ विकेटको क्षतिमा ३६ ओभर पूरै खेलेर २३५ रन बनाएको थियो । टस जीतेर फिल्डिङ रोजेको नेपालले ब्याटिङमा उत्रिएको स्कटल्याण्डलाई सुरुमा दबावमा राखेको थिइ । तर खेलको अन्त्यतिर स्कटल्याण्डले उत्कृष्ट ब्याटिङ गर्दै ७ विकेट गुमाएर पुरै ३६ ओभरमा २ सय ३५ रन बनाएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१