कलामको अन्तेष्टि आज गरिने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ श्रावण २०७२, बिहीबार १०:१७

kamalएजेन्सी । भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलामको आज अन्त्येष्टि गरिदैछ । दक्षिणी राज्य तामिलनाडुको रामेश्वरममा विहान ११ बजे हुने अन्तेष्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ,मुख्यमन्त्री तथा मन्त्रीका साथै बिशिष्ट अधिकारीहरुको उपस्थिति रहने बताइएको छ । पूर्वराष्ट्रपति कलामको पार्थिव शरिर हिजो गृहनगर रामेश्वरम पुर्‍र्याइएको थियो । कलामको पार्थिव शरिर गृहनगर लैजान क्रममा हजारौ सर्वसाधारणले सहभागिता जनाएका थिए । पार्थिव शरीरमा सर्वसाधरणले अन्तिम श्रद्धाञ्जली दिएपछि अन्तेष्टी गरिने भारतीय संचारमाध्यामले जनाएका छन् । पूर्वराष्ट्रपति कलामको निधनमा भारत सरकारले ७ दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ । ८३ वर्षको उमेरमा निधन भएका कलाम भारतका निकै लोकप्रिय व्यक्तित्वको रुपमा परिचित थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१