एस.पी.गौरब
सर्लाही, १३ साउन । पछिल्लो समयमा स्वदेशमा रोजगारी नपाएर रोजगारी कै सिल्सिलामा विदेश जाने युवा तथा युवतीहरुको सङ्ख्यामा दिन प्रतिदिन बृद्धी हुदैँ गएको छ । रोजगारीको अभाव र बढ्दो जनसङ्ख्याको कारण स्वदेशी उत्पादनले थोग्न नसक्ने अवस्था सृजना भएको छ । भने रोजगारिको सिल्सिलामा विदेशमा गएकाहरु पनि भने अनुसारको काम तथा पारिश्रमीक नपाएर समस्यामा परेका छन । यता नेपालमा नै बसेर भए पनि सिप सिकेर केही गर्न सकिन्छ भन्नेहरुको संङ्ख्यमा पनि कमी छैन । सोही क्रममा आज सर्लाहीको नेत्रगञ्ज गाविस भरीका महिलाहरुलाई लक्षित गरि १० दिने सिपमुलक मुढा बनाउने तालिम सुरु भएको छ ।
नेत्रगञ्ज महिला बचत तथा ऋण सहकारी संस्था ली. र प्रगतिसिल महिला संञ्जाल नेत्रगञ्जको संयुक्त आयोजना तथा नेत्रगञ्ज गाविसको आर्थीक सहयोगमा आजबाट तालिम सुरु भएको हो । तालिमबाट महिलाहरुले पनि सिप सिकेर केही गर्न सक्छन भन्ने संदेश प्रवाह हुने आयोजकको भनाई छ । श्री नेत्रगञ्ज महिला बचत तथा ऋण सहकारी संस्था ली.को आफ्नै भवनमा भएको कार्यक्रममा सान्ता अधिकारीले सभापतित्व गर्नु भएको छ । भने १० दिन सम्म चल्ने कार्यक्रमको सारदा महत्तोले सहजीकरण गर्नु हुनेछ । १० दिन सम्म सञ्चालन हुने तालिममा आज करिब २० जनाको सहभागीता रहेको प्रगतिसिल महिला सञ्जाल नेत्रगञ्जकी कोषअध्यक्ष अर्चना महत्तोले जानकारी दिनु भयो । महिला भए पनि सिप सिकेर आत्मानिर्भर बन्न सक्छन भन्ने एउटा सुरुवाती उद्दाहरण आफुहरुबाट सुरु भएको महत्तोले बताउनु भयो ।
प्रतिक्रिया