चीनमा पत्ता लाग्यो नक्कली आइफोन बनाउने कम्पनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १२:४०

inphoneचीनमा एप्पलको नक्कली आइफोन बनाउने कम्पनी फेला परेको छ । अनुसन्धानका लागि घटिएको अमेरिकी अधिकारीको टोलीले नक्कली आइफोन बनाउने कम्पनीमा छापा मारी त्यसमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । मिडियामा प्रकाशित खबर अनुसार यो कम्पनीले एप्पल कम्पनीको आइफोनको ४०,००० भन्दा बढी नक्कली फोन सेट बनाएको थियो । यी नक्कली आइफोनहरुको मूल्य १९.९६ लाख डलर रहेको बताइन्छ । समाचार एजेन्सी सिन्ह्वाको रिपोर्ट अनुसार, प्रहरीले उक्त घटनामा संलग्न नौ जनालाई गिरप्mतार गरिएको छ । कम्पनीको फ्याक्ट्रीमा छापा मार्दा प्रहरीका ६ एसेम्बलीङ युनिट र १० लाख भन्दा बढी मोबाइल फोनका पार्ट्सहरु बरामद भएका छन् । अमेरिकामा नक्कली आइफोन बरामद भएपछि चिनियाँ कम्पनीले निकै अघिदेखि उक्त कम्पनीमाथि निगरानी गर्दै आएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१