कोरिया मर्सबाट मुक्त, जसबाट ३६ जनाको मृत्यु भएको थियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १२:२४

marsएजेन्सी । दक्षिण कोरियाले आफ्नो मुलुक मिडिलइस्ट रेस्पिरेटरी सिड्रम मर्सबाट मुक्त भएको घोषणा गरेको छ । पछिल्लो २३ दिनमा मर्स संक्रमित नयाँ बिरामी नभेटिएको भन्दै प्रधानमन्त्री ह्वाङ क्यो अनले अब त्यसको त्रास मुक्त रहेको बताउनुभयो । संक्रमण फैलन नदिन सरकारका तर्फबाट ढिलाई भएको भन्ने जनगुनासो प्रति प्रधानमन्त्री अनले जनतासंग माफी माग्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । विश्व स्वास्थ्य संगठन ध्ज्इ ले भने संक्रमण हटिसकेको आधिकारिक पुष्टि गरेको छैन । पछिल्लो पटक फैलिएको मर्स संक्रमका कारण दक्षिण कोरियामा ३६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१