काठमाडौं, १३ साउन । व्यवस्थापिका संसदको बैठकले बोक्सीको आरोप (कसुर र सजाय) विधेयक २०७१ लाई सर्वसममतिले पारित गरेको छ । विधेयक पारित गरियोस भन्ने प्रस्ताव महिला बालबालिका तथा समाज काल्याण मन्त्री निलम केसी खड्काले सदन समक्ष पेश गरेका थिए । प्रस्तुत विधेयकको सामान्य छलफलमा भाग लिदै मुलुकको सामाजिक समस्याको रुपमा रहेको बोक्सी तथा महिला माथिको दुव्र्यवहारलाई नियन्त्रण गर्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन प्रभावकारी व्यवस्था गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।
‘बोक्सी वा बोक्साको आरोपमा यातना दिने जस्तो अमानवीय कार्यलाई दण्डनीय बनाइ सामाजिक कुरीति तथा अन्धविश्वासको रुपमा रहेको त्यस्तो कार्य निवारण गर्न’ यो विधेयक ल्याइएको हो । विधेयकले कसुरदारलाई कसुर हेरी दण्ड सजाय, जरिवाना र क्षतिपूर्तीको व्यवस्था गरिएको छ । विधेयकमा कसुर गर्ने व्यक्तिलाई बढीमा पन्ध्र वर्षसम्म कैद र एक लाख रुपैयाँसम्मको सजाय दिने उल्लेख छ । यस विधेयकका सम्बन्धमा महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले दफाबार छलफलसहित समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । छलफलमा डिल्लीप्रसाद काफ्ले, गीता क्षेत्री, रामनारयण विडारी, मीना पुनलगायतले भाग लिएका थिए ।
प्रतिक्रिया