प्रहरी अधिकृतलाई एक महिलाले जर्बजस्ती सेक्स गर्छु भनेपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १२:००

अमेरिकी प्रहरीले आकस्मिक फोन नम्बर ९११ मा डायल गरी प्रहरी अधिकृतलाई हैरान पारेको अपराधमा फ्लोरिडानिवासी ५८ वर्षीया विधवा मारिया मोन्टनेज कोलोनलाई हिरासतमा लिएको छ । सुरुमा साँझ ६ बजे मारियाले ९११ मा फोन गरेकी थिइन् । प्रहरी उनको कोठामा पुग्दा नशामा धूत उनी भूइँमा लडिरहेकी थिइन् । उनले प्रहरी अधिकृतलाई आफू निकै समयदेखि सम्भोगबाट वञ्चित हुनुपरेकाले उत्तेजित भइरहेको बताइन् र ‘तिमी त निकै सेक्सी छौ’ भन्दै प्रहरी अधिकृतलाई आमन्त्रण गरिन् । प्रहरी फर्केको केही समयपछि सोही नम्बरमा डायल गरी प्रहरी अधिकृतले आफूसित सम्भोग नगरी फर्केकोमा गाली गर्न थालिन् । दोस्रोपटक घर पुग्दा पनि पुनः मैथुनका निम्ति उक्साएपछि बाध्य भई प्रहरीले उनलाई हिरासतमा पु¥यायो । प्रहरीका अनुसार समय–समयमा यौनआकांक्षाले उत्तेजित हुने मारिया पक्राउ परेको सन् २०१३ यता यो पाँचौंपटक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१