‘लुम्बिनी पर्यटन प्रबर्द्धन योजना’ स्वीकृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार ११:२९

लुम्बिनी, १३ साउन । सरकारले ‘लुम्बिनी पर्यटन प्रबर्द्धन योजना’ स्वीकृत गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले लुम्बिनीको पर्यटन विकासका लागि विज्ञहरुले तयार पारेको विस्तृत योजना स्वीकृत गरेको हो । यो योजना स्वीकृत भएपछि लुम्बिनी क्षेत्रका पर्यटन ब्यवसायीहरु खुसी भएका छन् ।
संस्कृति तथा पर्यटन मन्त्रालयका सह सचिव मोहन सापकोटाले मुलुकको पर्यटनका लागि सवैभन्दा महत्वपूर्ण क्षेत्र मानिने लुम्बिनीको पर्यटन विकासका लागि तयार पारिएको विस्तृत योजना स्वीकृत भएको जानकारी दिए ।

lumbiबृहत्तर लुम्बिनी क्षेत्रभित्र पर्ने ६ जिल्लालाई समेटेर तयार पारिएको विस्तृत पर्यटन योजनाले लुम्बिनी क्षेत्रका पर्यटकीय स्थलहरुमा आवश्यक पर्ने पर्यटन पूर्वाधार र टुर प्याकेजका सम्भावनाहरु समेत औंल्याएको छ । रुपन्देही,कपिलवस्तु र नवलपरासीमा रहेका लुम्बिनीसंग सम्वन्धित पवित्र स्थलहरुका साथै छिमेकी जिल्ला पाल्पा, गुल्मी र अर्घाखांचीलाई समेत जोडेर ब्यवस्थित पर्यटन योजना सहित टुर प्याकेज निर्धारण गर्न सरकारले पांच जना विज्ञहरुलाई जिम्मा दिएको थियो । विज्ञहरुले १० वर्षे कार्यक्रम सहित ब्यवस्थित योजना बनाएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१