नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १०:५६

बिश्व क्रिकेट लिग प्रतियोगिता अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आइसीसीका एसोसिएट राष्ट्रहरुको सबैभन्दा ठूलो प्रतियोगिता विश्व क्रिकेट लिगमा नेपालले पहिलो पटक सहभागीता जनाउन लागेको हो । हालै भएको २०/२० बिश्वकप छनौट क्रिकेटमा खराव प्रदर्शन गरेको नेपालका लागि भोली सुरु हुने प्रतियोगिता सहज भने छैन । ब्याटिङ्ग लाईनअप चल्न नसकेको नेपालका लागि भरपर्दा ब्याट्सम्यानहरुको प्रदर्शन चुनौतीपूर्ण देखिएको छ ।

nepali_cricket_team_Paras_Khadka सागर पुन चोटका कारण मैदान बाहिर रहने नेपाली टीममा प्रशिक्षक पुबुदु दासानायकेले पृथु बाँस्कोटा, महेश क्षेत्री, अविनाश कर्णलाई टोलीमा सहभागी गराएका छन् । छनौट क्रिकेटमा खराव प्रदर्शन गरेका विकेटकिपरहरु सुवास खकुरेल र बिनोद भण्डारी टोलीमा सहभागी छैनन् । प्रशिक्षक दाशानायकेले विकेटकिपिङ्गको जिम्मा महेश क्षेत्रीलाई दिएका छन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीले स्कटल्याण्ड बिरुद्धको पहिलो खेल भोली खेल्नेछ भने दोस्रो खेल आगामी शुक्रवार हुनेछ । प्रतियोगिता होम एण्ड अवेका आधारमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१