दयाहाङ उत्कृष्ट अभिनेता हुँदा ऋचा र संगम उत्कृष्ट अभिनेत्री

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार १०:४२

चलचित्र विकास वोर्डले २०७१ सालको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान मंगलबार राष्ट्रपति निवास शीतल निवासमा वितरण गरिएको छ । राष्ट्रपति डा.रामवरण यावदले ८ वटा विधामा राष्ट्रिय चलचित्र पुरस्कार वितरण गरेका थिए । २०७१ साल वैशाख देखि २०७१ साल चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शन भएका चलचित्रहरु मध्ये निर्णायक मण्डलबाट सिफारिशमा परेका उत्कृष्ट चलचित्र तथा चलचित्रकर्मीलाई यस बर्षको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान गरिएको हो । जसमा नेपाली चलचित्रका निर्देशक, कलाकार एवं निर्माता निरविक्रम शाहलाई चलचित्रकर्मी दीर्घ साधान सम्मानबाट सम्मानित गरिएको छ । नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँसहित उनलाई राष्ट्रपति डा.रामवरण यावदले सम्मान गरेका हुन् । त्यस्तैं यस बर्षको उत्कृष्ट चलचित्र पुरस्कार कबड्डीले हात पारेको छ ।

Sangam-Bistaचलचित्र टलकजंग भर्सेस टुल्केबाट निर्देशक निश्चल बस्नेतले उत्कृष्ट चलचित्र निर्देशक, उत्कृष्ट अभिनेताबाट दयाहाङ राई, उत्कृष्ट अभिनेत्रीबाट टलकजंग भर्सेस टुल्केकी नायिका ऋचा शर्मा र लभ यू बाबाकी कलाकार संगम बिष्ट, उत्कृष्ट कथा, पटकथा र संवादबाट चलचित्र कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले हात पारे । त्यस्तैं उत्कृष्ट छायांकन र सम्पादन विधाबाट चलचित्र झिग्रानाका छायांकार शैलेन्द्रध्वज कार्की र सम्पादक निमेश श्रेष्ठले प्राप्त गरेका थिए । सोहि अवसरमा उत्कृष्ट आदिवासी जनजाति चलचित्रलाई पनि पुरस्कृत गरिएको थियो । पुरस्कार वितरण पछि कार्यक्रममा बोल्दैं राष्ट्रपति डा.रामवरण यावदले चलचित्रले आम जनतामा सकारात्मक नकारात्मक दुबै सन्देश जाने भएका कारण नेपाली चलचित्रहरुले जनतालाई जगरुक र सु-सूचित गर्नु पर्ने बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१