‘उ आए अझै सेक्सका लागि तयार छु’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ श्रावण २०७२, बुधबार ०७:३२

88

जान्वी वोहरा (अभिनेत्री)
मैले मन पराउँथे तर भन्नु कसरी ? नभन्ने हो मबाट टाढिएला भन्ने डर । एकदिन साहस गरेँ, उसको नजिँक पुगे । नजिक बसेको केही समयमै उसले नै मलाई मन पराउँछु भन्यो र हातमा किस खायो, हो मेरो महिलो प्रेम उही हो, अहिले उ विवाहित छ । तर मेरो मानसपटलबाट उसको चित्र हटेको छैन, अझै पनि उ आए म सेक्सका लागि तयार छु, ।
सानैमा करिष्मा मानन्धरको फिल्म हेरेर अभिनय गर्थे । कलाकार बन्नलाई होइन, मेरो इच्छा पूर्तिका लागि अभिनय गर्थे । यस्तै अभिनयका कारण मलाई सानैमा सडक नाटकले लग्यो । सिन्धुपाल्चोक टेगानपुर मेरो जन्मगाउँ भएपनि म त्यहाँ  ५ कक्षासम्म मात्र पढ्न पाएँ । त्यसपछि एसएलसीसम्म ५ वटा बिद्यालय परिवर्तन भए । एक पटक म जुगल बोडिङ स्कुलमा पढन गएकी थिएँ । त्यहीँ हो मैले पहिलो प्रेमी फेला पारेको । उसलाई म भुल्न सक्दिँन किन हो किन ! तर त्योसँग विताएका पलले अझै मलाई सताई रहेको छ । यो कुनै किंवदन्त वा बनावर्टी कुरा होइन । मान्छेको जिन्दगीमा हजार मान्छे भेटिन्छन् तर मोड परिवर्तन एउटैका कारण हुँदोरहेछ, त्यो मलाई अहिले ज्ञान भएको छ ।
मेरो बुवा सरकारी जागिरे भएपनि कलाक्षेत्रका निकै रुचि राख्ने ब्यक्ति हुनुहुन्छ । राम्रो गित गाउन सक्नु हुन्छ । उहाँले मलाई अभिनय र नृत्य सिकाउनु भयो । त्यहीबाट कलाकारिताको जग बसेछ क्यारे । त्यसपछि म काठमाडौं आएर गुरुकुलमा भर्ना भएँ । तालिम सकेपछि केही म्यूजिक भिडियो खेले, केही बिज्ञापनमा पनि काम गरेँ । पछिल्लो समयमा आएर चलचित्रमा मुख्य अभिनेत्रीको मुख्य भूमिका निर्वाह गरेकी छु । म आफु सफल नै छु, सघर्षका कारण सफल भएकी हुँ तर म प्रेरणाको स्रोत त्यही मेरो पहिलो ब्याफ्रेण्ड नै हो ।
मेरो फिल्म ‘सपना तिम्रो मेरो’ २२ साउनदेखि देशभरका सिनेमा हलहरुमा प्रर्दशन हुँदैछ । यो फिल्म पनि मेरो जिन्दगीको कथा बस्तुसँग मिल्छ । जुन मेरो पहिलो ब्वायफ्रेण्ड जसरी सपना मात्र भयो, त्यसै गरी चलचित्रमा दुई अभिनेताका लागि म सपना जस्तै छु । फिल्म दुई अभिनेता मध्ये एकले मलाई पाउँछन् तर मैले जीवनमा त्यो पहिलो प्रेमी अब पाउन नसक्ने भएकी छु । मैले १०, १२ वटा टेलिशंखलामा अभिनय गरिसकेकी छु तर कथाबस्तु चलचित्रमा मात्र मिलेको छ । मेरो जीवनसँग मिल्ने फिल्म ‘सपना तिम्रो मेरो’को निर्देशन ऋषिराज आचार्यले निर्देशन गर्नु भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१