चितवन, १२ साउन । पछिल्लो समय धर्म निरपेक्षताको बिरोधमा देशका बिभिन्न जिल्लाहरुमा प्रर्दशन भईरहेका छन् । संविधानको प्रारम्भिक मस्यौदाको सुझाव संकलनमा नेपाल हिन्दु राष्ट्रको पक्षमा ब्यापक मत देखिएको छ भने प्रमुख दलका शीर्ष नेताहरु माथि पनि धर्म निरपेक्षताको बिषयमा निकै दबाब पनि परिरहेको छ ।
यसैबीच चितवनमा पनि धर्म निरपेक्षताको बिरोधमा ¥याली अनि जुलुस भईरहेका छन् । आजै हिन्दु राष्ट्र बचाऊ अभियानले मंगलबार दिउँसो नारायणगढमा ¥याली निकालेको छ । भोली अर्थात साउन १३ गते धोषणा गरिएको चितवन बन्दको पुर्ब सन्ध्यामा ¥यालीको आयोजना गरेको हो । यसअघि हिन्दु समर्थकहरुले साउन ९ गते मोटरसाईकल ¥यालीको समेत आयोजना गरेको थियो ।
त्यस्तैं आज पूर्वको ईटहरीमा संयुक्त सनातन मोर्चासहितका धार्मिक एवम् सामाजिक संघसंस्थाहरूले हिन्दू राष्ट्रको माग गर्दै सञ्चालन गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत चिराक जुलुस र जनप्रदर्शनमा प्रहरी प्रशासनको निमर्म धड्पकड, लाठिचार्ज र दमन गरी आन्दोलनकर्मीहरूलाई गिरफ्तार गरेको छ । त्यहि क्रममा हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि सुनसरीको इटहरी तनावग्रस्त भएको छ । धर्मगुरु श्रीनिवासचार्यलाई प्रहरीले नियन्त्रणमा लिएपछि हिन्दु धर्मका समर्थकहरु थप आक्रोशित हुँदै प्रदर्शनमा उत्रिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । झडपमा करिब १ दर्जन प्रदर्शनकारी र २ जना प्रहरी घाइते भएका छन् ।
प्रतिक्रिया