अमेरिकालाई उत्तर कोरियाको धम्की, भने -‘अब अमेरिकामा जिउँदो मानिस रहदैंनन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १३:५६

एजेन्सी । उत्तर कोरियालीका ठुला नेताहरूले अब अमेरिकी जिउँदो नरहने चेतावनी दिएका छन् । उत्तर कोरियाले आइतबार कोरियाली युद्ध समाप्त भएको ६२ औ वर्षगाँठ मनाएको थियो । यसै अवसरमा उत्तर कोरियाली नेताहरूले अमेरिकालाई उक्त धम्की दिएका हुन् ।

usa-koriafinal६२ औ वर्षगाँठ कार्यक्रममा किन जोंगले देशको न्युक्लियर अर्थात् परमाणु शक्तिको बारे बोल्दै भने, ‘ती दिनहरू गए, जब हामीलाई परमाणु हतियारको धम्की दिएर अमेरिकाले हामीलाई तर्साउने गर्थ्यो । अब अमेरिकाको कुनै हैसियत छैन् । अब हामी उनीहरूका लागि खतरा बनिसकेका छौ ।’ कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उत्तर कोरियाका प्रमुख नेता किम जोंग आइतबार राती कुमसुसान दरबार पुगेका थिए, जहाँ उनले पिता किम जोंग इल र हजुरबुबा किम इल संगको पार्थीव शरिर राखिएको थियो ।

त्यस्तैं कोरियन पीपुल्स आर्मीका प्रमुख तथा रक्षा मन्त्री जनरल पाक योंग-सिकले भने, ‘अमेरिका हाम्रो विरूद्व योजना बनाउन र हामीलाई उक्साउने कुनै मौका छोडिरहेको छैन् । हामी एक शक्तिशाली देश बनिसकेका छौ । अब युद्ध भयो भने कुनै आत्मसमर्पणको कागजातमा हस्ताक्षर गर्नका लागि कुनै पनि अमेरिकी बच्ने छैन् ।’ पाक योंग-सिकले भने, ‘हामी पछिल्लो ६० वर्षदेखी शान्त छौ, तर अमेरिका शान्ति चाहनँदैन । पछिल्लो कोरियाली युद्धमा अमेरिकाको पराजयको सुरूवात भएको थियो, तर, अर्को युद्ध भएमा पूरा अमेरिका ध्वस्त हुन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१