जनकपुर, १२ साउन । जनकपुर अञ्चलमा पछिल्लो समय आपराधिक गतिविधि बढेको छ । जनकपुर अञ्चलअन्तगर्तका धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप र दोल्खामा पछिल्ला वर्षमा आपराधिक गतिविधि बढेको प्रहरीको तथ्यांकले देखाएको छ । जनकपुर अञ्चल प्रहरी कार्यालयले गरेको वार्षिक समीक्षा कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक सुरेश विक्रम शाहले अञ्चलका ६ वटै जिल्लामा आपराधिक गतिविधि बढेको भएपनि अपराधीलाई पक्राउ गर्न सफल भएको दाबी गर्नुभयो । गत आर्थिक वर्षमा सर्लाहीमा सबैभन्दा बढी २३ वटा कर्तब्य ज्यान मुद्दा दर्ता भएका छन् । त्यस्तै, ६ जिल्लामा गरी ३२ वटा अबैध हतियार बरामद् गरिएको छ भने ५५ जना पक्राउ परेका छन् ।
प्रतिक्रिया