लालबाबुको ब्याचमा बन्न सक्छन् नयाँ मुख्यसचिव, ‘कोहि मन्त्री आफ्नो मान्छे हुल्ने सुरमा’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १२:५६

काठमाडौं, १२ साउन । मुख्यसचिव लीलामणि पौडेल पदावधि सकिनु पाँच दिनअघि अर्थात् आगामी आइतबारदेखि बिदामा बस्ने भएका छन् । मुख्यसचिवको तीन वर्षे पदावधि पूरा गरी पौडेलले आगामी असोज २३ मा अनिवार्य अवकास पाउँदैछन् । लीलामणिको ठाउँमा यति बेला को हुने भन्ने विषय निकै चर्चामा छ । मुख्यसचिव लीलामणि पौड्याल २०७२ साउन २३ गते अवकाश हुने भएपछि सचिवहरूबीच मुख्यसचिवको लागि तीव्र दौडधूप सुरु भएको छ । निजामती प्रशासनको सर्वोच्च पद मुख्यसचिवको प्रतिस्पर्धामा बरिष्ठताका आधारमा तीन सचिव छन् । गरिबी तथा सहकारी मन्त्रालयका सचिव श्रीधर गौतम, उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सोमलाल सुवेदीमध्येबाटै मुख्यसचिव हुने चर्चा छ ।

samanya-prasasan-mantri-lalbabu-panditपर्यटन सचिव सुरेशमान श्रेष्ठ, शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डित र सिंचाई मन्त्रालयका सचिव माधव रेग्मी पनि मुख्यसचिवका दाबेदार हुन् । सचिवहरू पण्डित र रेग्मी बरिष्ठ हुँदाहुँदै सुवेदी र खनालसँगै बढुवा नगरी पछि पारिएको महसुस गर्दछन् । तीन प्रतिस्पर्धीमध्ये सहकारी सचिव गौतम मुख्य सचिव बने २०७३ साउन १६ गते ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाउनेछन्। उनी मुख्य सचिवमा बढुवा नभए २०७२ चैत ३० गते ५ वर्षे सचिवको कार्यकाल पूरा गरी अवकाश पाउनेछन्। साउन तेस्रो साताभित्रै नयाँ सरकार परिवर्तन हुने या नहुनेमा मुख्य सचिव को बन्छ भन्ने कुरा निर्भर रहेको जानकारहरू बताउँछन्। सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पनि मुख्य सचिव सरकारको प्रमुख प्रशासकीय पद भएकाले प्रधानमन्त्रीलाई सहज हुने र योग्यता पुगेको मध्येबाटै मुख्य सचिव बन्ने बताए। पण्डितको ब्याचका सचिवमा माधव रेग्मी, सुरेशमान श्रेष्ठ र तुलसी सिटौला छन् । सिटौला ५८ वर्ष पुगी यही १९ गते अनिवार्य अवकास पाउँछन् भने बाँकी दुई जना मुख्यसचिवको दौडमा खासै लागेका छैनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१