यसरी पाउन सकिन्छ फेसबुकमा धेरै लाइक र कमेन्ट !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १२:३६

छुट्टीको समयमा भन्दा अफिस टाइममा स्टाटस अपडेट गर्नुभयो भने बढी रेस्पोन्स मिल्ने पूरा सम्भावना छ, यो एउटा रिसर्चबाट आएको तथ्य हो । सन फ्रान्सिस्कोको कम्पनी क्लाउटले गरेको रिसर्चबाट यस्तो तथ्य सामने आएको हो । क्लाउटले १४.४ करोड फेसबुक स्टाटस तथा ११० करोड रिएक्शन (लाइक, शेयर, कमेन्ट) को विश्लेषण गर्दै कुन समयमा फैसबुकमा बढी रेस्पोन्स मिल्छ भन्ने पत्ता लगाएको छ ।

facebook७ देखि ८ बजेको बीचमा सबैभन्दा बढी एक्टिभिटी
रिसर्चबाट पत्ता लाग्यो साँझ ७ बजेदेखि ८ बजेको बीचमा फेसबुकमा धेरै युजर एक्टिभ हुन्छन् । यस्तो समयमा अपडेट गरिएका स्टाटस तथा फोटोहरु बढी लोकप्रिय हुने गरेका छन् । तर सप्ताह्न तथा छुट्टीको समयमा फेसबुकमा एकदमै कम एक्टीभिटी हुन्छ । यो अवधिमा अपडेट गर्नुभयो भने अपेक्षित रेस्पोन्स आउँदैन ।

‘वर्किंग कल्चर’मा पनि निर्भर हुन्छ तपाईंको पोस्टको लोकप्रियता
क्लाउटले आफ्नो रिपोर्टमा अफिसको वर्किङ कल्चरमा पनि धेरै कुरा निर्भर हुने उल्लेख गरेको छ । जस्तै जापानमा फेसबुक प्रयोगकर्ताहरु अफिस टाइम सकिएपछि ज्यादा एक्टिभ हुन्छन् । यता सनफ्रान्सिस्कोमा मानिसहरु आफ्ना साथीहरुको फेसबुक पोस्ट तथा तस्वीरहरुमा तत्काल लाइक तथा कमेन्ट गर्छन् ।

Facebook को तुलनामा Twitter मा मिल्छ ज्यादा रेस्पोन्स
फेसबुकको तुलनामा ट्विटर अपडेटमा दोब्बर रेस्पोन्स मिल्ने गरेको रिपोर्टमा उल्लेख छ . साथै न्यूजफीडको मामलामा पनि ट्वीटर अव्वल छ । क्लाउटकाअनुसार, ‘ट्विटरमा रिएक्शन टाइम ज्यादा फास्ट हुन्छ । यस्तो यसकारण कि, यहाँ रियल टाइम इन्फर्मेशनमा ज्यादा फोकस हुन्छ । फेसबुकमा आधा घण्टामा ५० प्रतिशत रेस्पोन्स मिल्छ भने, त्यत्ति रेस्पोन्स मिल्न फेसबुकमा दुई घण्टा लाग्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१