स्विमीङ च्याम्पियनशिपमा भाग लिन नेपाली टोली रुस जादै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार ११:३६

Swimmingवल्र्ड स्विमीङ च्याम्पियनशिपमा भाग लिन जाने नेपाली टोलीलाई आज बिदाई गरिदैछ । प्रतियोगितामा सहभागि हुन सोफिया शाह, गौरीका सिंह, शिरिष गुरुङ र किरण कार्की त्यसतर्फ जादैछन । गौरीका सिंह भने प्रशिक्षणका क्रममा लण्डनमा रहेकाले उतैबाट प्रतियोगितामा आउने टिम म्यानेजर बासुदेव निरौलाले बताउनुभयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा मध्यान्ह १२ बजे खेलाडीको विदाई कार्यक्रम रहेको छ । ३ खेलाडीसंगै प्रशिक्षक इश्वर कार्की र टिम म्यानेजर निरौलाको टोली बेलुकी ११ बजे रुस प्रस्थान गर्नेछ । च्याम्पियनशिपको १६औ संस्करण रुसको काजानमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुदैछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१