सौराहामा पर्यटकको आगमन बढ्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार ११:१२

चितवन, १२ साउन । भूकम्पका कारण शून्य बनेको चितवन सौराहाको पर्यटन व्यवसायमा विस्तारै असर कम हुँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अनुसार क्रमशः पर्यटकको आगमन बढ्न थालेकाले असर कम हुँदै गएको छ । “युरोपियन पर्यटक र आन्तरिक पर्यटक बढ्न थालेका छन्, दिनमा डेढ, दुई सय बढी पर्यटक आउने गरेका छन्”, सङ्घका महासचिव राममणि खनालले भने। केही प्रतिशत पर्यटक बढे पनि सोचेअनुसार अझै हुन नसकेको उनले बताए। भूकम्पपछि पर्यटक आ–आफ्नै देश फर्किएको र आउने पर्यटकले समेत ‘बुकिङ’ रद्द गरेकाले सौराहाका होटल व्यवसाय नराम्ररी प्रभावित भएको थियो। जसका कारण यहाँका ६० प्रतिशत बढी कर्मचारी बिदामा गएका छन् ।

saurahaनेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा भूकम्पअघि होटल भरिएका थिए । विशेषगरी चिनियाँ पर्यटकको बाक्लो उपस्थिति थियो । आन्तरिक पर्यटकको चापले होटलको कोठा ८० प्रतिशतमाथि भरिएका थिए । अहिले चिनियाँ पर्यटक धेरै नभए पनि आन्तरिक पर्यटक बढ्दै गएको सङ्घले जनाएको छ । होटल पार्क छेउका सञ्चालक शीरलाल परियार भूकम्पले पारेको असर कम हुन अझै केही महिना लाग्ने भए पनि पर्यटकको आगमन भने सुरु भएको बताउँछन्। बेमौसममा समेत सौराहामा पर्यटक भरिँदै आएका थिए । तर नेपालमा आएको भूकम्पले अहिले व्यवसाय नै प्रभावित भएको सपना भिलेज होटलका सञ्चालक ध्रुव गिरी बताउँछन्। चितवनको सौराहामा करिब १०० को हाराहारीमा सुविधायुक्त होटल छन् । दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१