भारतका पूर्व राष्ट्रपति कलामको निधन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ श्रावण २०७२, मंगलवार १०:५७

kalam1एजेन्सी । भारतका पूर्व राष्ट्रपति डा.एपीजे अब्दुल कलामको सोमबार निधन भएको छ । उनको निधनमा भारतमा सात दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । एक कार्यक्रममा सम्बोधन गर्दागर्दै ढलेका भारतका पूर्वराष्ट्रपति तथा वैज्ञानिक डा.एपीजे अब्दुल कलामको उपचारकाक्रममा साँझ निधन भएको छ । भारतको सिलोङमा इन्डियन इन्ष्टिच्युट अफ म्यानेजमेन्टको एक सम्मेलनमा वक्ताका रुपमा उपस्थित उनी बोल्दाबोल्दै बेहोश भएका थिए । ‘मिसाइल मेन’को नामले चिनिएका ८३ वर्षीय पूर्वराष्ट्रपति कलामको सिलोङस्थित बेथानी अस्पतालको आईसीयूमा उपचारका लागि भर्ना गरेलगत्तै निधन भएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१