एस.पी.गौरब
सर्लाही, १२ साउन । नेकपा माओवादी नेत्र विक्रम चन्द समुहले सोमबार सर्लाही लगायत देशै भरि मसाल जुलुस निकालेको छ । संविधानको प्रारम्भीक मस्यौदाको नगरिक सुझाव संकलनको क्रममा नौटंकी खेल गरिएको भन्दै नेकपा माओवादी विरोध गरेको थियो । विरोध गर्ने क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरु नियोजीत तरिकाबाट सरकारले नियन्त्रणमा लिएको भन्दै निःशर्त रिहाईको माग गर्दै मसाल जुलुस निकालेको हो । नेकपा माओवादीको जनवर्गीय संगठन राष्ट्रिय युवा जनस्वंसेवक सर्लाहीका जिल्ला अध्यक्ष सुमन बलको नेतृत्वमा सोमबार साँझ ५ः३० बजे हरिवन नगरपालीका वडा नं. १० नयाँ रोडमा मसाल जुलुस निकालीएको हो । जुलुसमा नेकपा माओवादी जिल्ला सह सेक्रेटरी कमल सुस्लीङ,उप व्युरो सदस्य रीता मैनाली लगायतका गरि करिब १००० जनाको उपस्थिती रहेको नेकपा माओवादी जिल्ला कार्यालय सदस्य ज्ञान बहादुर स्याङ्तानले जानकारी दिनु भयो । र यदि मंगलबार बिहान सम्ममा आफ्ना नेता तथा कार्यकर्ता विनाशर्त रिहाई नभए मंगलबार एक घण्टा देश भर चक्का जाम गर्ने स्याङ्तानले जानकारी दिनु भयो ।
प्रतिक्रिया