विश्वकै सस्तो फोर जी स्मार्टफोन, मूल्य ४९.९९ डलर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १५:२७

doogee-f3-2-1024x610(1)एजेन्सी |  बजारमा सस्ता स्मार्टफोन भन्ने बित्तिकै चिनिया ब्रान्ड भन्ने गरिन्थ्यो | सस्ता स्मार्टफोन भन्ने बित्तिकै चिनिया साओमी रेड्मी टु, हुवाबे अनर सेरिज अगाडी आँउछन् | अहिले त्यहि चिनिया उत्पादनले कम गुणस्तरीय र नराम्रो पर्फर्मेन्सको नाम मेटाउदै छ | चिनिया स्मार्टफोन उत्पदाक डोजीले विश्वमै अहिलेसम्म उपलब्ध स्मार्टफोनमध्ये सस्तो फोन बजारमा ल्याएको छ | तस्बिर श्रोत: गिज्मोचाइना डट कम डोजी बजारमा मध्यबर्गका मानिस लक्षित स्मार्टफोन उत्पादन गर्ने कम्पनि हो | उक्त कम्पनिले अहिले एफ थ्री फ्ल्यागसिप अन्तर्गत केहि नयाँ स्मार्टफोन सार्बजनिक गर्दैछ | उसको डोजी एक्स फाइभ अहिले बजारमा सार्बजनिक साओमी एमआइ फोर आइसंग मिल्दोजुल्दो छ | फोर्थ जेनेरेसन नेटवर्क सपोर्ट गर्ने डोजी एक्स फाइभ, पाँच मेगापिग्जेल क्यामेराले सुसज्जित हुनेछ | बाइससय एमएएच ब्याट्री क्षमता रहेको एक्स फाइभमा ताइवानी कम्पनि मिडियाटेकको प्रोसेसर हुनेछ | एक जीबी र्याम रहने एक्स फाइभमा मिडिया टेकको एमटि६७३५ चिप रहने छ | यसको हाइक्लास फोन सेरिज पनि बजारमा उपलब्ध हुनेछ तर अहिले सम्म त्यसको मूल्य भने एकिन भएको छैन | डोजी स्मार्टफोनको सबैभन्दा महत्वपुर्ण बिषय भनेको यसको मूल्य हो | यी सबै फिचरले सुसज्जित स्मार्टफोनको मूल्य अमेरिकी डलर पचास कट्ने छैन | अहिले डोजी एक्स फाइभ को मूल्य ४९.९९ अमेरिकी डलर अर्थात् नेपाली रुपैया पाँच हजार एकसय मात्रै हुनेछ | डोजी एक्स फाइभ यहि अगस्ट महिनामा बजारमा जाने छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१