पन्जाबमा आतंकवादी हमला, कम्तिमा ६ को मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार १२:१५

काठमाडौं  । भारतको  पञ्जाबस्थित गुरदासपुरमा सशस्त्र समूह र सुरक्षाकर्मीहरुबीच गोली हानाहान हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ । मारिनेहरुमा तीनजना सर्वसाधरण र दुर्इजना प्रहरी रहेका छन् । केही घाइते भएका छन् । fकारमा आएका हतियारधारीले शुरुमा यात्रुबसमा धावा बोलेपछि प्रहरी कार्यालयमा आक्रमण गरेका थिए । मानवबस्ती बीचमा रहेको पुलिस चौकीमा घुसेर सशस्त्र लडाकूहरुले भारतीय सुरक्षाकर्मीहरुमाथि आक्रमण जारी राखेका छन् आक्रमण भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा वरिष्ठ मन्त्रीको बैठक बोलाएका छन् । रक्षामन्त्री मनोहर पर्रिकर र वित्तमन्त्री अरुण जेट्ली पनि बैठकमा सामेल छन् । सर्बसाधारणलाई घर बाहिर ननिस्किन स्थानीय प्रशासनले निर्देशन दिएको छ । गृहमन्त्री राजनाथ सिंहले स्थिति छिट्टै नियन्त्रणमा आउने बताएका छन् ।gurdaspur_attack

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१