काठमाडौं, ११ साउन । पूर्वयुवराज पारस शाहको मुटुमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । नियमित स्वास्थ्य परीक्षण गराइरहेका पारसलाई चिकित्सकको सल्लाहमा नर्भिक अस्पताल भर्ना गरिएको हो । थाइल्यान्डबाट नेपाल आइसकेपछि पारस र हिमानीबीच भेटघाट भएको थिएन । चिकित्सकको सल्लाहअनुसार मध्याह्न १२ बजे निजी निवास जीवनकुञ्जबाट छोरा हृदयन्द्र र बहिनीहरुलाई गाडीमा राखेर हीमानी नर्भिक अस्पताल पुगेकी थिइन् । उनी अवेरसम्म अस्पतालमै बसेकी थिइन् । आजको समाचारपत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया