बलउिडमा अंग प्रदर्शन सामान्य बन्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ श्रावण २०७२, सोमबार ११:११

बलउिडमा अंग प्रदर्शन सामान्य बन्दै गएको छ । अंग प्रदर्शन गरेपछि फिल्मलाइनमा बिकिन्छ भन्ने भ्रमले पनि कलाकार बोल्ड सिन दिन लाज मान्दैनन् । तर बोल्ड सिन दिने यी पाँच नायिका अहिले भारतीय फिल्म नगरीबाट ओझेलमा परेका छन्, जो बोल्ड सिन दिन कहिले पछि हटेनन् ।

ग्रेसी सिंह

ग्रेसी सिंह

नायिका ग्रेसी सिंह ३५ वर्षकी भइन् । ग्रेसीका आमाबाबु उनलाई इन्जिनियर बनाउन चाहन्थे । तर, उनी मोडलिङमा प्रवेश गरिन् । सन्् १९९७ मा काँचको पर्दामा अमानत सिरियलबाट अभिनय यात्रा सुरु गरेकी ग्रेसी ठूलो पर्दामा भने आमिर खानको फिल्म लगानमा छानिइन् । यो फिल्म सुपरहिट भयो । यसपछि उनी अभिनीत केही अन्य फिल्म हिट भए । उनले अभिनय गरेका पछिल्ला फिल्म सुपरफ्लप हुन थालेपछि अहिले गुमनाम भएकी छन् ।
उनले गंगाजल, मुन्नाभाइ एमबिबिएसमा काम गरिन् । यी दुवै फिल्म पनि हिट भए । उनले अरमान, मुस्कान, शर्त, वजह, हम आपके दिलमे रहते है, देशद्रोहीलगायतका फिल्ममा अभिनय गरिन् । अहिले उनी ठूलो पर्दाबाट टाढा छिन् ।

तनुश्री दत्ता

तनुश्रीले फिल्म आशिक बनाया आपनेबाट आफ्नो फिल्मी क्यारियर सुरुवात गरेकी थिइन् । यो फिल्ममा उनले कयौँ बोल्ड सिन पनि दिइन् । यति हुँदा पनि उनको बलिउड यात्रा सकियो र उनी गुमनाम छिन् ।

नेहा धुपिया

नायिका नेहा धुपियाले पनि बलिउडको राम्रो स्वाद चाख्न पाइनन् । बोल्ड सिन दिन कुनै कन्जुस्याइँ नगर्ने नेहाले यसका बाबजुद नायिकाका रुपमा टिक्न सकिनन् । फिल्म कयामतबाट क्यारियर सुरु गरेकी उनले त्यसपछि पनि कयौँ फिल्ममा काम गरेकी थिइन् । तर, उनले आफूलाई स्थापित गर्न सकिनन् ।

उदिता गोस्वामी

उदिता फिल्म पापबाट बालिउडमा प्रवेश गरेकी हुन् । यो फिल्मबाट उनको धेरथोर परिचय भए पनि उनका कुनै फिल्म सुपरहिट भएनन् । आज उनी फिल्मबाट टाढा छिन् ।

अमृता अरोरा

अमृताले फिल्म कितनी दूर, कितने पासबाट अभिनय यात्रा सुरु गरेकी थिइन् । यसपछि उनले अन्य फिल्ममा पनि काम गरिन् । शरीरका कुनै पनि अंगका छाला देखाउन पछि नपर्दासमेत उनी स्थापित भइनन् । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१