कक्षा २ का ५८ वर्षीय मल्लले लेखेः ‘साक्षर अत्तरिया नगरपालिका’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० श्रावण २०७२, आईतवार १२:४८

धनगढी, १० साउन – कैलाली जिल्लाको अत्तरिया नगरपालिका क्षेत्रलाई सुदूरपश्चिमकै पहिलो साक्षर नगरपालिका घोषणा गरिएको छ । नगर क्षेत्रमा बसोबास गर्ने १५ वर्ष उमेर माथिदेखि ६० वर्षमुनिका ९५ प्रतिशत वा सोभन्दा बढी व्यक्ति साक्षर भएमा उक्त निकायलाई साक्षर गाविस÷नगरपालिका घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको मापदण्डबमोजिम नगरपालिकालाई साक्षर नगरक्षेत्र घोषणा गरिएको नगरपालिकाका कार्यकारी अधिकृत खेमराज जोशीले बताए । शनिबार अत्तरियामा आयोजित कार्यक्रममा स्थानीय चण्डेश्वरी निमाविमा कक्षा २ मा अध्यनरत ५८ वर्षीय दलबहादुर मल्लले सेतो पाटीमा ‘साक्षर अत्तरिया नगरपालिका’ लेखेर साक्षरताको घोषणा गरेका थिए । एक वर्षअघि मात्रै नगरपालिका घोषणा भएको सो नगरपालिकाका सबै १३ वडामा करिब ८० हजार जनसङ्ख्या छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१