तिज नआउँदै बबाल गर्दैछ पार्वती राईको यो गितले (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० श्रावण २०७२, आईतवार ११:५५

गोपिकृष्ण  चापागाई

काठमाडौं -यसबर्षको तिज आउन अझै डेढ महिना भन्दा बढि समय छ । बजारमा तिजका गितहरु दिनप्रतिदिन आईरहेका छन् । यसैक्रममा पार्वतीराईले नृत्यु गरेको एकगित बजारमा आएको जम्मा चार दिन मात्र भएको छ । तर चार दिनमै उक्त तिज गितले बबाल गरेको देखिन्छ । किसन गाहा मगर र सुस्मिता गुरुङ्गको स्वरमा रहेको अहिलेको तिजमा बबाल भो बोलको गितले तिज अगाडि नै युट्युवमा बबाल गरेको भन्न सकिन्छ ।

गितका शब्द हेर्दा अहिलेको तिजमा बबाल भो भनिएको छ । यसअर्थमा यस गितलाई बुझ्दा तिज सकिएपछि बबाल भयो भन्ने बुझिन्छ तर करिब दुई महिना अघि नै बनेको यो गितले तिज आउन लामो समय रहँदा नै बबाल गरेको छ । चर्चित मोडल पार्वती राईको उत्कृष्ट नृत्यले गर्दा पनि युट्युवमा छोटो समयमै धेरै दर्शकले मन पराएका छन् । यो समाचार तयार पार्दा सम्म यसगितलाई युट्युवमा ५३ हजार पटक हेरीएको छ । यसअर्थमा पनि तिजको बेलासम्म यस गितले अझ बबाल गर्ने देखिन्छ ।

गित चर्चित बन्दै गएको बेला आर्टिस्ट खबरले गितका निर्देशक मिलन कार्कीसँग छोटो कुराकानी गरेको छ । हामीले निर्देशक कार्कीलाई तिज गित बजारमा ल्याईसक्नु भएछ, छोटो समयमा यसरी लोकप्रिय बन्छ जस्तो लागेको थियो भनेर सोधेका थियौं निर्देशक कार्कीको जवाफ यस्तो आयो, हुन त तिज आउन अझै पनि डेढ महिना भन्दा बढि नै छ तर पनि डेढ महिना भनेको खासै लामो समय पनि होइन सबै दर्शक तथा स्रोताले सुन्नु पर्यो त्यसकारण पनि एककान दुईकान मैदान होस भनेर थोरै अगाडि रिलिज गरेका हौं । दर्शकले माया गरीदिनुभएको छ अझै माया गरिदिनुहुनेछ भन्ने आशा गरेको छु ।

गायक किसन गाहा मगरले पनि आफुले सक्दो राम्रो गरेर यस गितमा स्वर दिएको बताएका छन् । उनले अहिले सम्म दर्जन लोकगित गाईसकेका छन् । गितमा लय शब्द पनि किसन गाहा मगर कै रहेको छ । गितको भिडियो निर्माण परेली फिल्म प्रा.लीले गरेको हो भने उत्पादक तथा बितरण सम्मुनत समाज म्युजीक प्रा.ली ले गरेको हो । छायांकन सागर गौतमले गरेका हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१