यसरी स्वागत गरियो ओबालाई पैतृक घरमा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० श्रावण २०७२, आईतवार ११:२१

एजेन्सी / अमेरिकी राष्ट्रपति बाराक ओबामा केन्याको भ्रमणका लागि नैरोबी पुगेका छन्। केन्या ओबामाको पैतृक घर हो र राष्ट्रपतिका रूपमा उनको यो पहिलो केन्या भ्रमण हो।

Obama Africa
नैरोबी विमानस्थलमा केन्याका राष्ट्रपति उहरू केन्याटाले ओबामालाई भव्य स्वागत गरेका थिए। ओबामाले आफ्नो स्वागतका लागि विमानस्थलमा पुगेकी आफ्नी सोतेली बहिनी अमालाई अंकमाल गरेका थिए र त्यसपछि उनी आफ्नो लिमोजिन गाडीमा बसेर होटलतर्फ प्रस्थान गरेका थिए। बाटोमा उपस्थित नागरिक भिडले ओबामालाई अभिनन्दन गरेको थियो।
दुई दिवसीय यस भ्रमणका क्रममा ओबामाले राष्ट्रपति केन्याटा र अन्य शीर्ष अधिकारीहरूसँग वार्ता गर्नेछन्।
यसअघि ओबामाले बीबीसीलाई समलिंगी अधिकार र उनीहरूमाथिको भेद्भावको मामिलामा अफ्रिकी नेताहरूलाई कडा सन्देश दिने बताएका थिए।
ओबामाले केन्या र इथियोपियाको आफ्नो यात्राका क्रममा पूर्वी अफ्रिकामा कट्टरपन्थीसँगको लडाइमा अमेरिकी सहयोगको प्रतिवद्धता व्यक्त गर्ने बताएका थिए।
ओबामाको भ्रमणलाई लिएर केन्याको राजधानी नैरोबीमा सुरक्षा व्यवस्था कडा गरेको छ। राष्ट्रपति ओबामा आज इथियोपिया पुग्ने कार्यक्रम छ र उनले त्यहाँ अफ्रिकी युनियनलाई सम्बोधन गर्नेछन्।
अफ्रिकी युनियनलाई सम्बोधन गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्। आजको समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

प्रतिक्रिया