हजुरहरु सँग केही जवाफ (उपाय) छ र फुर्सद हुनुहुन्छ भने अबस्य कमेन्टमा लेख्नुहोस् है११ ठिक लागे सेयर गर्न नभुल्नुहोला धन्यबाद।
१.जातियताको नारा घन्काएर बर्गिय संघर्षलाई बिचाराधिन राखेपछि कसरी हुन्छ देसको बिकास ??
२. चपली हाइट सेक्स ले गर्दा हिट हुन्छ त कसरि चल्छ मुना मदन अनि कहाँ हुन्छ देशको बिकास ?
३. एक नम्बर लाई छाडेर आठ नम्बरको मान्छे मुख्यसचिब हुन्छ अनि त्यी सातले के काम गर्लान र अनि कहाँ देशको बिकास हुन्छ ??
४. अलिकति भएको पैसा रक्सिमा खतम अनि बेलुका के खाने थाहा छैन अनि कहाँ हुन्छ बिकास ??
५. चामल तरकारि फुटपातमा बेच्ने अनि कपडा र जुत्ता चाँही मलमा अनि कहाँ हुन्छ बिकास ??
६. बाटो मा चुरोट खायो भने पुलिसले समात्छ घुस खाने ठुला भ्रस्टचरीलाई केहि गर्दैन अनि कहाँ हुन्छ बिकास ??
७। जलस्रोत को धनि देश भएर पनि यिबमक्जभममष्लन छ र पनि डिजेल प्लान्ट ल्याउने भन्छन् नेता हरु अनि कहाँ हुन्छ देशको विकास ??
८. चिनी चामलको मूल्य आकासिएको छ सिमकार्ड चाँही सित्तैमा बाड्छ अनि कहाँ हुन्छ बिकास ??
९. स्कुलमा के पढ़ाउछन् मतलब छैन स्कुलको नामले टाउको दुखेको छ अनि कहाँ हुन्छ बिकास ??
१०. देश मा पुस्तकालय भन्दा बढी सिनेमा हल छन् अनि कहाँ हुन्छ देशको विकास ??
११. सुन को भाउ बढ्दा सबैलाई चिन्ता हुन्छ नुन को भाउ बढ्दा बालै छैन अनि कहाँ हुन्छ बिकास ??
१२. अस्पताल मा कण्डम सित्तैमा पाइन्छ तर सिटामोल पाइदैन अनि कहा हुन्छ देशको विकास ??
१३. होटलमा मन मिलेर बसेको जोडिलाई समात्न पुग्छ यहाँको प्रहरी तर बलत्कारि खुलेआम घुम्छ अनि कसरी हुन्छ देशको बिकास ??
स्मरण रहोस् साना –साना कुराहरुले हामीलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ राज्य सञ्चालक हरुको ध्यानै छैन खालि शक्ति–सत्ता र राष्ट्रको ठुकुटि रित्याउनमै व्यस्त छन्। त्यसैले अब नयाँ शक्तिको पालो हो।
बिस कार्की
हालः काठमाण्डौ
प्रतिक्रिया