३ हजार पुरुषसँग यौन सम्बन्ध कायम गरेको एक महिलाको दावी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार १९:०३

हरेक समाजमा मानिसको जीवनमा एउटै यौन साथी रहोस्, यो जरुरी छैन । गार्जियनमा प्रकाशित एक खबरअनुसार इंग्ल्याण्डको शेफिल्ड निवासी एक महिलाका अनुसार उनी अहिलेसम्म ३ हजार पुरुषका साथ शारीरिक सम्बन्ध कायम गरिसकेकी छन्।
उनी अहिले ६३ वर्षकी भइन् । उनका अनुसार हरेक वर्ष उनले करिब १ सय पुरुषका साथ सम्बन्ध कायम गरिन् । उनी विवाहित हुन् र यो कामका लागि उनका श्रीमानले नै स्वीकृति दिएका हुन् ।
उनका श्रीमानको नाम बैरी हो । उनीहरुको विवाह निकै वर्षअघि भएको हो । उनीहरुका अहिले दुई नाति पनि छन् । उनी भन्छिन्–प्रेम एउटा कुरा हो, तर शारीरिक सम्बन्ध फरक । एउटै पार्टनरसँग जीवन बिताउनु र उसैसँग मात्रै सेक्स गर्नु फरक कुरा हो ।
आफ्नो अनुभव शेयर गर्दै उनले भनिन्–विवाह भएको धेरै वर्षपछि श्रीमान बैरीले नै पार्टनर परिवर्तन गर्ने कुरा गरेका थिए । सुरुमा त यो आइडियाप्रति उनलाई रिस उठ्यो । तर, केही समयपछि उनी यसका लागि तयार भइन् ।
उनले भनिन्–मैले सोचेँ र स्वीकार गरेँ कि जीवनको अर्थ नै पूर्ण रुपमा एन्जोय गर्नु हो ।
उनीहरुको विवाद १९ वर्षकै उमेरमा भएको थियो । २८ वर्षपछि उनीहरुले सोचे कि सेक्सका लागि पार्टनर परिवर्तन गर्नुपर्छ । उनीहरुले यसो गर्न सुरु पनि गरे ।
बैरी र उनकी पत्नी प्रोफेशनल स्वींगर्स बने । महिलाका अनुसार उनलाई आफ्नो श्रीमान अर्की महिलाका साथ गएर समय बिताएकोमा उनलाई कुनै गुनासो छैन । त्यो यस कारण कि कतै न कतै बैरी प्रेम उनलाई नै गर्छ । यहाँ भावना बैरीको पनि हुन्छ । उसले पनि आफ्नी श्रीमतीलाई अर्काको अँगालोमा देख्ने गरेको छ।
पछि उनीहरुले सन् १९७७ मा शेफिल्डमै एउटा स्वींगर्स क्लब खोले । त्यसमा अहिलेसम्म धेरै सदस्य बनिसकेका छन् । र, बन्ने क्रम पनि जारी छ। सेक्सका लागि पार्टनर परिवर्तन गराउनुलाई उनी अहिले प्रोफेशनल काम मान्छिन् । र, यसमा उनी खुसी पनि छिन् ।
बैरीकी श्रीमती आफ्नो सेक्स एक्सपिरियन्सका विषयमा भन्छिन्–अब बुढी भइयो । कतै न कतै बढ्यौलीका कारण उनलाई चलफिर गर्न र सेक्स गर्न असुविधा हुने गरेको छ।
उनी भन्छिन्–यो उमेरमा पनि उनी रिलेशनसीप बनाउछिन् । तर गन्तीमा त्यति छैन जति उनी पहिला गर्थिइन् । गत वर्ष मात्र उनको अपरेशन गरिएको थियो । त्यसकै कारण अहिले उनी लाठीको सहयोगमा हिँडडुल गर्छिन् । उनले भनिन्–तर सेक्स ड्राइभमा कमी आएको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१