म प्रधानमन्त्री भएको भए पाँच बर्षमा देश सबृद्ध गर्ने थिए

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ श्रावण २०७२, शनिबार १०:४६

11149315_497894707028791_5265272301646622680_n‘म झुक्दै नझुक्ने नेपाल को छोरो
खोसेको रोटी ले मेरो पेट भरिन्न
मगेको धोतीले मेरो लाज छोपिन्न
घोटिएर हात पाउ झरी जाउन औंला
तर कोही अगाढी यि हात जोडीन्न ….  यि हात जोडीन्न ‘

हाम्रा पुर्खाले प्रमानणत गरेको यी हरफहरुको धज्जी उडेको छ । धेरै पछी मन थाम्न नसकेर लेख्न बाद्य छु र भन्न चाहन्छु नेपाल डा रामशरणको मात्र हैन न त तथा कथित चार दलका सशर्ष नेताको पेवा हो । नेपालले दाता सम्मेलन गरिरहदा सोल्टी होटेलमा बोली लगाइरहदा मैले मेरो स्वाभिमान बेचिएको आभस भाईरह्यो तर म सँग उपाय छैन किनभने म बिबस छु मेरो स्वाभिमान मेरो सरकार भन्नेले ठेक्का लिएको छ । तर म जस्तै स्वाभिमान भएका नेपालीहरुलाई आज इज्जत लुटिएकी चेलीको जस्तो हिनताबोध भएको होला जुन मैले बोध गरिरहन्छु जब यो नलायक सरकारले ममाथि शासन गरिरहन्छ मलाई कता कता मेरो अस्मिता लुटिएको बोध हुन्छ । म कुनै भावना मा हैन र कुतर्क गरिरहेको पनि छैन यदी सुनिल खड्का नेपाल देशको प्रधानमन्त्री हुन्थ्यो जस बखत नेपालमा प्रलयकारी भुकम्प गएको होस् । यदी त्यस्तो भएको भए मैले गर्ने कामले पाँच बर्षमा देश सबृद्ध गर्ने थिए ।
सबैभन्दा पहिला त हुन सक्ने दैबी प्रकोप मा उद्दार मा प्रयोग गरिने हरेक उपकरण पद्बहाली हुने बितिकै जोहो गर्ने थिए जुनसुकै बेला जहाँ पनि जनतालाई उद्दार गर्न सकियोस कमसेकम राजधानी जस्तो ठाउँमा तीन दिन पुरिएर जिउँदै विदेशीको साहारामा निकालेको खुशीयाली मनाउनु नपरोस । यती भएपछी जुन भुकम्प पश्चात जे जती सहयोग आएको थियो त्यसलाई स्वीकार्दै नेपालका पाँच बिकासक्षेत्र लक्षित गरी नेपाल को झल्को दिने घरेलु हस्तकला तथा सिल्पकला सम्बन्धी आधुनिक उधोग तुरुन्त निर्माण गराइ सम्पूर्ण बेरोज्गार युबाहरुलाई रोजगार दिलाउने थिए अनी सबै दात्री राष्ट्रलाई भुकम्पपछी नेपाल हेर्न आउने निम्तो दिने थिए ।

सबै छिमेकी तथा संबृद्ध राष्ट्रका प्रतिनिधि तथा राष्ट्रप्रमुखहरुलाई ति उधोगहरु देखाउने थिए अनी बल्ल एउटा सानो सम्मेलन गर्ने थिए जहाँ हामीले नेपालसँग भएको ति उत्पादन हरुको प्रयोग र यस्का फाईदा तथा गुणस्तर सम्बन्धी ब्रिफिङ गर्ने थिय अनी भन्ने थिए यि उत्पादित बस्तुहरु तपाईंको देशमा जम्मा पाँच बर्षलाई बिना भन्सार छिर्न दिनुस् हामी महाभुकम्पबाट पीडित छौ हाम्रो यो उत्पादन गरेको बस्तुलाई बजार दिनुस् हामी सितैमा केही लिन्नौ यती सहयोग गर्नुस् पाँच बर्षपछी कर दाएरामा ल्याउनुस् तपाईंहरुको सहयोग यती भए पुग्छ हाम्रा जनता स्वाभिमान छन दश नग्रा खियाएर उत्पादन गर्छन् बस यती हामीलाई बजार खोलिदिनुस् तपाईंहरुको देशमा भएका हाम्रा नेपालीहरुले त्यस्को प्रबदन गर्न पाउन भनेर अनुरोध गर्ने थिए र मलाई पूर्ण विश्वाश छ त्यसो भने पछी उनीहरुसँग हुन्न भन्ने नैतीकता नै हुन्न र गर्नै पर्थियो ।

यदी त्यस्तो भएको खन्डमा के हुन्थियो होला रु कल्पना गर्नुस् । सबैभन्दा पहिला देश मा बेरोजगार समस्या हल हुने थियो खाडीमा नेपाली पसिना कम बग्ने थियो । बर्सौ देखी भोगेको ब्यापार घटा बराबरी मा आउने थियो । संसारका हरेक नागरिकले नेपाल भन्ने देश रहेछ भन्ने चिनेको बेला नेपालको उत्पादन ह्वात्तै विश्व बजारमा पारीचित हुने थियो । सधैं कामदार उत्पादन हुने मुलुकले नयाँ ब्यापारी युबा पुस्ता विश्वभरी छरिने थिए जस्ले अर्को पुस्ताले ब्यापारिक सस्कार पाउने थियो जसबाट देशको इज्जत दिन दुई गुना रात चार गुनाले बढ्ने मात्र हैन देश छोडेर बिदेसी नागरिक भएकाहरुलाई इर्स्या हुने थियो र गर्बले म पनि नेपाली हुँ भन्ने थियो ।

मलाई दुइटा नागरिकता बोक्न दे भनेर धिटधिटाउदैनथियो , भन्ने थियो मलाई नेपाली नागरिकतामा गर्ब छ म बिदेसी नागरिकता त्यग्ने छु भनेर राज्दुताबास जाने दिन आउने थियो । त्यस्को सुनिस्चित भएपछी अब भात्किएका सम्रचना बनाउन सेनालाई दिने थिए , देश भरी देशभक्तिपूर्ण गितहरु घन्काउने थिए जस्ले आफ्नै माटोमा गरिखाने हौसला देवोस । सग सगै बर्खा मा भुकम्पले हल्लाएका डाडा, पहरा, ताल तथा सम्भाबित पहिरो बाढी आउने स्थानहरुको पहिचान गरी तत्काललाई सामुहिक आस्थाइ बस्ती बसाउने थिए । आस्थाइ सामुहिक भान्सा जो सेनाले चलाऊने थियो त्यससगै पौढ कक्षा तथा बिभिन्न सिपमुलक तालिम अनी सामुहिक बिद्यालय सञ्चालनको जिम्मा नेपाली सेनालाई दिने थिए । वास्तवमा नेपाली सेना को कर्तब्य पनि हो र सेना सग त्यस्को लागि कल्यान्कारी कोश मा अर्बौ रकम रहेको छ राज्यले यस्तो बिपत परेको बेला त्यस्ता रकमहरुको प्रयोग गर्न सक्छ चाहे पछी फिर्ता गर्नु किन नपरोस।

जनता को खाने बस्ने शिक्षा सुनिस्थित भएपछी दसैं भन्दा अगाढीसम्म नयाँ आधुनिक बस्ती निर्माणको खाका तयार गरी भदौ ९जब बर्सा सकिन्छ तुरुन्त० आवस को डिजाइन र आवश्यक पर्ने सामाग्रीको प्रबन्ध गरी उपलब्ध गराइ त्यस सामाग्रीको मुल्य किस्ताबन्दीमा एक परिवार कम्तिमा एक रोजगार निर्माण गरी उक्त तलबबाट केही अंस काटेर राज्यमा फिर्ता गर्ने थिए । माछा मारेर खुवाउने हैन माछा मार्न सिकाउनु पर्छ । अहिले पनि अझै धेरै सम्भब छ तर माग्न पल्केको , कमिसन खान पल्केको, अपराधीक मानसिकता भएको समुह देशमा हाबी छ त्यसैले देशको अस्मिता , स्वाभिमान आँखा अगाढी लुटिदा हेर्नु परेको छ । आसा छ एक दिन सही नेतृत्व आउने छ । अब नयाँ पुस्ताले नयाँ शक्ति निर्माण गर्नु नै छ त्यस्को लागि हाम्रो पुस्ताको नियत बादलिनु पर्छ अनी नेतृत्व लिनु पर्दछ निती बादल्नका लागि । मातृभूमीको कसम खाएर सफा नियत ले बादलिएको नेतृत्वले मात्र सही निती बनाउने छ अनी मात्र हाम्रो अपार प्रकृतिक सम्पत्तिले भरिएको मातृभूमी संबृद्ध बन्ने छ । जय मातृभूमी

साभार – thainepalnews

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ११, २०८१